"पृथ्वीसुब्बा गुरुङ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''पृथ्वी सुब्बा गुरुङ''' नेपालको [[गण्डकी प्रदेश|प्रदेश नम्बर ४]] का प्रथम मुख्यमन्त्री हुन्। २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए। प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए। २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख [[बाबुराम कुँवर]]ले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । <ref>https://www.news24nepal.tv/2018/02/12/258542</ref> उनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]का सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल [[फागुन]] १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा [[लमजुङ जिल्ला|लमजुङ]] जिल्लामा पर्ने साविकको [[गिलुङ]] गाविस-८ टक्सार हाल [[क्व्होलासोथार गाउँपालिका]]-९ मा भएको हो ।<ref name= "अन्नपूर्ण पोष्ट">[http://annapurnapost.com/news/90741 अन्नपुर्ण पोष्ट] को हुन पृथ्वी सुब्बा गुरुङ</ref>
 
==राजनितीमा प्रवेस==
[[विज्ञान]]मा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ [[पञ्चायती व्यवस्था|पञ्चायतकाल]]मै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी [[नेपाल राष्ट्रिय शिक्षक सङ्गठन]]को जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए । उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि [[नेपाली कांग्रेस]]का तत्कालीन सभापति [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]] नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो । अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे । <ref name= "अन्नपूर्ण पोष्ट"/>