[[चित्र:विगु गुम्बा.jpg|thumb|right|200px|विगु गुम्बा प्रवेश द्वार]]
जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गाविस वडा नं. ८मा८ मा अवस्थित विगु गुम्बा वास्तवमा दोलखा जिल्लाकै एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ। विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे)ले गर्नु भएको विश्वास गरिन्छ। समथर स्थानमा रहेको उक्त गुम्बामा हाल करिव ६० जना आनी (महिला भिक्षुणी) हरू रहेका छन्। जसले गुम्बामा नियमित रूपमा पाठपुजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरूलाई पढाउने कार्य गर्दछन्। गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रूपमा बल्दछ। उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ। हिन्दू धर्मावलम्बीहरूले दशै काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ।