"बुटवल टेक्निकल इन्स्टिच्यूट" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
सुरु
(कुनै भिन्नता छैन)

१३:१६, ९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

बुटवल टेक्निकल इन्स्टिच्यूट (BTI,बीटीआई) एक समुदाय आधारित प्राबिधिक विद्यालय हो। यो बुटवलमा अवस्थित छ। यो सन्स्था १९६३ मा युनाइटेड मिसन टु नेपाल (यूएमएन, UMN)को ओड होफ्टुनको नेतृत्वमा स्थापना गरिएको थियो। उनी नर्वेको ईन्जिनियर थिए। त्यतिखेर, ओड होफ्टनलाई यूएमएनले तानसेन मिशन अस्पतालको निर्माणका लागि नियुक्त गरिएका थिए। अस्पतालको निर्माणको क्रममा उनले स्थानीय दक्ष व्यक्तिहरू फेला पार्न सकेनन्। यसैले उनलाई प्राबिधिक प्रशिक्षणकोलागी बीटीआईको स्थापना आरम्भ गर्न प्रेरित गरेको थियो। [१][२] यस संस्थानमा नेपाल हाइड्रो र इलेक्ट्रिक कम्पनीको १.३% हिस्सा रहेको छ।[३] ‍‌‍‍

Butwal Technical Institute
बुटवल टेक्निकल इंस्टीट्यूट
स्थान
नक्सा
जानकारी
स्थापना१९६३
संस्थापकओड होफ्टन
आवद्धताCTEVT
वेबसाइटhttp://bti.org.np/

पाठ्यक्रमहरू

बीटीआईमा उत्पादन-आधारित चार बर्षे प्रशिक्षण दिइन्छ। प्रशिक्षार्थीहरूले कक्षा कोठामा निर्देश प्राप्त गर्छन् त्यसपछि सम्बद्ध कम्पनीहरूसँगको सहकार्यमा जागीर र प्रशिक्षण प्राप्त गर्दछन्। हाल, यसले मेकानिकल, इलेक्ट्रिकल, सिकर्मी र वेल्डिंगको प्रशिक्षण प्रदान गर्दछ। बीटीआईले महिला कौशल विकास कार्यक्रम जस्ता विशेष समुदाय-आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्दछ।

उपलब्धिहरु

बीटीआईलाई प्राबिधिक सीप विकास गरेकोमा राष्ट्रिय स्तरमा बभिन्न सम्मान गरिएका छन्। [४][५][६] जलविद्युत निर्माणको लागि बीटीआईको योगदान निर्धारणात्मक मानिएको छ। १९७८ मा बीटीआई स्नातकहरूको एउटा सर्वेक्षणले ९५% प्रशिक्षार्थीहरूले रोजगार पाएको जानकारी गराएको थियो।[७][८]

सन्दर्भ सामग्रीहरू

  1. Follesdal, Andreas (२०११), Review of 'Kraftverket: Odd Hoftun: Portrett Av Et Livsverk' 
  2. Magazine, New Spolight, "On Hydropower", SpotlightNepal, अन्तिम पहुँच २०२०-०८-०६ 
  3. "नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडका मजदूर हडतालमा", HimalKhabar, अन्तिम पहुँच २०२०-०७-०३ 
  4. "बुटवल उपमहानगरले अघि बढायो महिलालाई उद्यमी र आत्मनिर्भर बनाउने अभियान, फेसन डिजाइनरदेखि टायलमार्बल जडानसम्मका तालिम – Janata Times", अन्तिम पहुँच २०२०-०७-०३ 
  5. "उपमहानगरपालिकाले दिन लाग्यो दुईसय महिलालाई नि : शुल्क तालिम", Sansar News- Nepal's Fast Khabar Online News Portal, २०१९-११-१२, अन्तिम पहुँच २०२०-०७-०३ 
  6. "Butwal Technical Institute | Training - Production", अन्तिम पहुँच २०२०-०७-०३ 
  7. "petersplassen.no", अन्तिम पहुँच २०२०-०७-०३ 
  8. पाठ, पुष्परमण वाग्ले २५ माघ २०७४ १३ मिनेट, "प्राविधिक–व्यावसायिक शिक्षाको अवस्था", अन्तिम पहुँच २०२०-०७-०३