"शीतयुद्ध" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण [[संयुक्त राज्य अमेरिका|अमेरिका]] र सोभियत सङ्घको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।
 
दुवै देशले आफ्ना सहयोगी देशको [[गठबन्धन]] बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘[[उत्तरी एट्लान्टिक सन्धि सङ्गठन|नेटो]]’ गठन गरे । अर्को तर्फ सोभियत सङ्घलाई पूर्वी युरोपका पोल्यान्ड र हङ्गेरी जस्ता देशको समर्थन थियो । दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर थियो । यसको नतिजा हतियार निर्माणमा भएको होडबाजीमा देखियो । उनीहरूले हतियारको भण्डार बढाउन सुरू गरे । ६० को दशकमा आइपुग्दासम्म अमेरिका र सोभियत सङ्घले आफ्नो तागत यतीसम्म बढाएका थिएकी उनीहरूको परमाणु मिसाइल महादेशको सिमा पार गरेर हमला गर्न सक्षम थिए । सन् १९६२ मा [[क्युबा मिसाइल संकट]]को दिनमा परमाणु युद्धको सम्भावना चरम थियो । संसारभर [[गृहयुद्ध]]को स्थिति थियो । अमेरिका र सोभियत सङ्घको समर्थनमा अप्रत्यक्षरूपमा लड्नु समान्य झैं थियो ।
 
लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । [[कम्बोडिया]], [[कंगो]], [[कोरिया]], [[इथोपिया]], [[सोमालिया]] जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।’
"https://ne.wikipedia.org/wiki/शीतयुद्ध" बाट अनुप्रेषित