"बेलबहादुरसँग बिहे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ९:
 
==बेल बिवाह गर्दा विधवा नहुने मान्यता==
बेलविवाह गरिएका नेवार समुदायका स्त्रीहरु कहिल्यै विधवा हुँदैनन् भन्ने मान्यता छ । बेल एउटा प्रतीक हो । बेलविवाहमा बेललाई साक्षी राखी ईश्वरसँग विहे गर्ने परम्परा छ । यही संस्कारलाई बेलविवाह भनिन्छ । ईश्वर वा भगवान जे भने पनि यी दुबै सत्यको प्रतीक हो । बेल पनि एउटा प्रतीक हो । बेल भित्र निकै रसिलो र शितल रस हुन्छ । बाहिर कागले समेत ठुंग्न नसक्ने कडा बोक्रा ९सुरक्षा कवच० हुन्छ । भित्र निकै मुलायम र शितल रस हुन्छ । बेलको रस नेपालका पहाडी भूभागमा पाइन्छ । बेलको रस गर्मीमा पिउन निकै उपयोगी हुन्छ । गरम भनेको संकट हो । रस भनेको संकटको बेला शितलता दिन सक्ने झोल पदार्थ हो । संकटको बेला बेलले जस्तै स्त्रीहरुलाई संकटमोचन गरेर सुखी र खुसीका साथ जीवन जीउन मद्दत गर्ने बेल प्रतिक जस्तै पुरुषसँग विवाह गर्न बेलविवाहले शिक्षा दिएको । मानिन्छ । नेवार समुदायमा बेलसँग विहे गरेपछि पतिको दिवंगत पछि पनि महिला विधवा नहुने मान्यता छ । श्रीमान्को मृत्यु भएपछि पनि बाँकी जीवन व्यतीत गर्न अर्को पुरुषसँग विवाह गर्नसक्ने बेलविवाह संस्कृतिले महिलालाई स्वतन्त्रता दिएको छ । विवाह पछि स्त्रीले श्रीमान्सँग मन मिल्यो भने जीवनभर सँगै जीउन सक्दछन् । मन मिलेन भने वा महिलालाई दुःख दिने गर्न थाले पति छाडेर अर्कोसँग विवाह गर्ने स्वतन्त्रता बेलविवाहले प्रदान गरेको छ । नारी स्वतन्त्रताको प्रतीक बेलविवाह प्राचिन नेपालका नेवार समुदायले प्रचलनमा ल्याएको हो । यो संस्कार तथा संस्कृति नेवार समुदायमा हाल पनि व्यवहारत लागु हुँदै आएको छ । यीनै संस्कृतिका नैतिक शिक्षा ‘बेलबहादुरसँग विहे’ नामक बालचित्र कथामा कथाकार जितेन्द्र रसिक ९जितेन्द्रलाल(जितेन्द्रलाल श्रेष्ठ०श्रेष्ठ) ले बाल मनोविज्ञान समेटेर प्रस्तुत गरिएको छ ।
 
== सन्दर्भ सामग्रीहरू ==