"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
केनेडी प्रशासनको दौरान, [[शीतयुद्ध|शीतयुद्धमा]] कम्युनिष्ट राज्यहरूसंग धेरै तनाव भए । त्यसको नतिजा स्वरूप, उनले [[:en:South_Vietnam|दक्षीणी भियतनाम]]मा अमेरिकी सैन्य सल्लाहकार को सङ्ख्या वृद्धि गरे । अप्रिल १९६१ मा, उनले बे अफ पिग्स आक्रमणमा [[फिडेल क्यास्ट्रो]]को क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिए ।<ref>de Quesada, Alejandro ''The Bay of Pigs: Cuba 1961'' (2011) p. 17</ref>
 
उनको शासनको समयमा पिग्सको खाडीको आक्रमण, [[क्युबा मिसाइल सङ्कट|क्युबा मिसाइल संकट]], [[बर्लिन पर्खाल|बर्लिनको पर्खाल]]को निर्माण, अंतरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात जस्ता मुख्य घटनाहरू भए।
 
२२ नोबेम्बर १९६३ मा, डल्लासमा उनको हत्या भयो। केनेडीको मृत्युपछी उप-राष्ट्रपति [[लिन्डन बेन्स जोन्सन|लिन्दन बि जोनसन]]ले राष्ट्रपतिको पद सम्हाले। [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो। [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ.बि.इ) र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन्। त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन्। ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1013124" बाट अनुप्रेषित