"युट्युब" का संशोधनहरू बिचको अन्तर

सा BloggerKD (वार्तालाप)द्वारा Groot (bot)द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३८:
युट्युबमा धेरैजसो सामग्री व्यक्तिद्वारा निर्माण गरिएका हुन्छन् तर सिबिएस, बीबीसी, भिभो, र हुलु लगायत मिडिया निगमले युट्युब साझेदारी कार्यक्रमको भागको रूपमा उनीहरूको सामग्रीहरू युट्युब मार्फत प्रस्ताव गर्दछन्। दर्ता नगरिएका प्रयोगकर्ताहरूले वेबसाइटमा भिडिओहरू हेर्न सक्दछन् तथापि, सामग्री थप्नका लागि यसमा खाताको आवश्यकता पर्दछ। जबकि दर्ता भएका प्रयोगकर्ताहरूले यसमा असीमित सङ्ख्यामा भिडिओहरू उर्ध्वभरण गर्न र भिडिओमा टिप्पणीहरू थप्न सक्दछन्। उमेर-प्रतिबन्धित भिडिओहरू हेर्नका लागि १८ वर्षको उमेरको कटेको पुष्टि गर्नु पर्ने हुन्छ जुन दर्ता गरिएको प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ।
 
युट्युब र चयनितछानिएका सिर्जनाकर्ताहरूले गुगल विज्ञापन मर्फत राजस्व सङ्कलन गर्दछन् जुन एक सेवा हो जसले वेबसाइटका सामग्री र दर्शकहरूको आधारमा विज्ञापनहरूलाई लक्षित गर्दछ। यसका धेरै जसो भिडिओहरू हेर्नका लागि शुल्क तिर्नु पर्दैन, तर अपवादहरूमा सदस्यता-आधारित भुक्तान च्यानल, भाडाका चलचित्र, युट्युब सङ्गीत र युट्युब भुक्तान सहितका सदस्यता सेवा, विज्ञापन-रहितका सङ्गीतका लागि पैसा तिर्नु पर्ने हुन्छ।
 
फेब्रुअरी २०१७ सम्म, यसमा प्रत्येक मिनेटमा ४०० घण्टा भन्दा बढी सामग्री थपिएका थिए, र प्रत्येक दिन युट्युबमा एक अर्ब घण्टाका सामग्रीहरू हेरिएको थियो। अक्टोबर २०२० सम्म, [[अलेक्सा इन्टरनेट]]का अनुसार, युट्युब गुगल पछिको संसारको सबैभन्दा लोकप्रिय वेबसाइट हो।<ref name=topsites>{{cite web | url=https://www.alexa.com/topsites | title=The top 500 sites on the web | publisher=[[अलेक्सा इन्टरनेट]]}}</ref> मे २०१९ सम्ममा, हरेक मिनेटमा ५०० घण्टा भन्दा बढी समयका भिडिओ सामग्री युट्युबमा उर्ध्वभरण गरिन्छ।<ref name="500hrs">{{cite news |accessdate=June 10, 2019 |url=https://www.tubefilter.com/2019/05/07/number-hours-video-uploaded-to-youtube-per-minute/ |title=More Than 500 Hours Of Content Are Now Being Uploaded To YouTube Every Minute |work=ट्युब फिल्टर |location=लस एन्जलस, क्यालिफोर्निया |date=May 7, 2019 |author=Loke Hale, James}}</ref> उल्लेख गरिएको त्रैमासिक विज्ञापन राजस्वका आधारमा, युट्युबको वार्षिक राजस्वमा १५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=युट्युबका ५ रोचक तथ्य, तपाईँलाई थाहा नहुन सक्छ|युआरएल=https://clickmandu.com/2016/08/454.html|कार्य=|प्रकाशक=क्लिकमान्डू|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
"https://ne.wikipedia.org/wiki/युट्युब" बाट अनुप्रेषित