"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४३४:
* मेरो विचारमा यो छलफल अगाडि बढाउनु भन्दा पुर्व फाउन्डेसनको अनुदान दिने कमिटीलाई यो लगायत अघिल्लो सम्पूर्ण छलफल सन्देश पठाई साझा गरी कमिटीसँग जानकारी/सुझाव लिनु राम्रो होला पछि केही समस्या नहोस्। धन्यवाद! — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] २०:०२, १२ मे २०२१ (नेपाली समय)
:छलफलमा सहभागी भइ सुझाव दिनुभएकोमा धन्यवाद तुल्सी जी। मैले यो छलफल समुदायकै समर्थनको आधारमा चलाएको छु र यो छलफलको उद्देश्य अनुदान सम्बन्धी नीतिको मस्यौदा तयार पार्नु हो र यहाँले दिनुभएको सुझाव अनुरूप सो मस्यौदा दस्तावेजलाई अनुदान समितिसमक्ष पेश गर्नेछु जसलाई उनीहरूले समीक्षा गर्नेछन्। समीक्षा पश्चात हामी पुनः समुदायमा त्यस प्रस्तावमाथि मतदान गरेर मूर्त रूप दिने प्रयास गर्नेछौ। तसर्थ यहाँले स्वतन्त्रतापूर्वक नीति सम्बन्धमा आफ्नो विचार राख्नुहोला। धन्यवाद: --- [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] १६:३५, १३ मे २०२१ (नेपाली समय)
* प्रस्तावको लागि धन्यवाद! विकिमिडिया फाउन्डेसनले दिने विभिन्न किसिममा अनुदानको लागि आफ्नै मापदण्ड छन्। सोही अनुसार नेपालमा बोलिने भाषाहरूमा विकिपरियोजनाहरूमा योगदान गर्ने योगदानकर्ताहरूले विकिमिडिया अभियानलाई अगाडि बढाउन अनुदानको उपयोग गर्दै आइरहनुभएको छ। यसले विकिमिडिया अभियानलाई सहयोग पुऱ्याइरहेकै छ तथापि केही प्रश्नहरू उब्जिएका छन्। ती प्रश्न वा मुद्दाहरूको हल गर्नको लागि अनुदानहरूलाई अझ व्यवस्थित त प्रभावकारी बनाउन स्थानीय तहमा समेत एउटा नीति आवश्यक रहेको देखिन्छ। अनुदान सम्बन्धी उठेका केही मुद्दाहरू तल प्रस्तुत गर्न चाहेँ।
: '''लक्षित विकिमिडिया परियोजना वा समुदायलाई अनुदानको विषयमा जानकारी नहुनु वा ढिलो गरी मात्र जानकारी हुनु''': अनुदान सम्बन्धी प्रस्ताव (विशेष गरी व्यक्तिगत अनुदान)को लागि समुदायमा खासै छलफल आवश्यक नहुने र प्रस्ताव मेटामा राखिने तथा छलफल पनि मेटामैँ हुने भएकाले लक्षित समुदाय सो प्रस्ताव सम्बन्धी अनभिज्ञ रहेको पाइन्छ। सो समस्यालाई हटाउन मेटामा अनुदान प्रस्ताव राख्नुपूर्व लक्षित विकिपरियोजनामा सो प्रस्तावमा समुदायको राय माग्न आवश्यक देखिन्छ। सो पश्चात् मात्र प्रस्ताव अनुमोदनको लागि मेटामा लैजाने गर्दा यो समस्या हल हुने देख्दछु। यसले व्यक्तिगत अनुदान लिने योगदानकर्तालाई पनि काम गर्न हौसला प्रदान गर्ने मेरो बुझाइ छ।
: '''प्राप्त अनुदान के का लागि प्राप्त भयो र त्यसको प्रगति कस्तो छ भनेर लक्षित समुदाय अनभिज्ञ हुनु''' : अहिलेसम्म अनुदानको प्रस्ताव मेटा मैँ प्रस्तावित हुने तथा मेटामा प्रतिविदेन बुझाइने हुनाले समुदायलाई अनुदानको लाभ वा उपयोगिताको बारेमा तत्काल जानकारी हुँदैन। तसर्थ संक्षेपमा सो जानकारी समुदायमा समेत राख्न सके धेरै राम्रो हुने थियो।
: प्राप्त अनुदान समुदायको लागि आवश्यक थियो वा थिएन भन्ने कुराको समुदायमा कुनै छलफल नहुने भएकोले धैरै जसो अनुदानका विषयमा समुदायमा मतभेदको स्थिति पैदा हुनु: अनुदान वा प्रोजेक्ट लक्षित विकिपरियोजनाको लागि प्राप्त गर्नुपूर्व त्यसमाथि छलफल नगर्दा सो को दायरा, समय, कार्यविधि, आवश्यकता लगायत विषयहरूमा समुदायका योगदानकर्ताहरूको राय थाहा नहुने भएकाले यसमा मतभेद देख्न सक्छौँ। तसर्थ यो कुरालाई समेत स्थानीय नीतिले समेट्नु आवश्यक देखिन्छ।
यसका अलावा अन्य विषयवस्तुहरू पनि हुनसक्छन्। यसमाथि अन्य योगदानकर्ताहरूको राय समेत सहायक हुने आशा लिएको छु।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १०:०५, १५ मे २०२१ (नेपाली समय)