"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १८:
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु [[जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए।
 
भतिजाहरू (दाजु [[जंगबहादुर राणा|जंगबहादुर]] र भाइ [[धीर शमशेर राणा|धीरशमशेर]]का छोरा) बीच चर्किएको शक्तिसंघर्षकाशक्ति संघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले '[[बिजुली गारत]]' नाममा विशेष फौज निर्माण गरेका थिए। तर पछि यिनी आफ्नै भतिजाहरू ([[धीर शमशेर राणा|धीरशमशेर]]का छोराहरू) बाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[वीर शमशेर जङ्गबहादुर राणा]] नेपालका प्रधानमन्त्री बने।
 
रणोद्दिपसिँहको जन्म पिता काजी [[बालनरसिंह कुँवर]]को सातौँ पुत्र र माता गणेश कुमारीको पाचौँ पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो।