"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९१४:
 
नमस्ते विकिपिडियन मित्रहरू,<br/>
विगत दुई वर्ष देखी [[:m:WACN|विकी जागरूकता अभियान]] आयोजना हुँदै आएको सबै सक्रिय प्रयोगकर्तालाई जानकारी नै हुनुपर्छ। विकी जागरूकता अभियानको तेस्रो संस्करणमा [[:m:WACN/Activities/The Video Initiative|भिडियो पहल]] आयोजना गर्ने विचार हजुरहरू समक्ष साझा गर्न चाहन्छु। यस परियोजना अन्तर्गत मैथिली तथा नेपाली समुदायका केही अग्रज योगदानकर्ताहरूलाई (Community "faces") चयन गरी, विकिपिडियाको बारेमा जनचेतना तथा प्रयोगकर्ताहरूका सङ्ख्या वृद्धिको उदेश्यले दुईवटा जनचेतनामूलक सानो भिडियो (२-५ मिनेट) बनाउन विचार गरेका छौं। उक्त भिडियो समुदायका "अनुहारहरू"ले विकिपिडिया कसरी निर्माण गरिरहेका छन् र यस समुदायमा कसरी जोडिन सकिन्छ विषय ओगटेको हुनेछ। परियोजनाको प्रारूप, सदस्यहरूमा परिवर्तन, आवश्यक अनुदान, [[:m:WACN/Activities/The Video Initiative|परियोजना पृष्ठ]] लगायतको विषयहरूमा आफ्नो अमुल्य विचार प्रस्तुत गर्दिनुहुनेछ भन्ने विश्वास र आत्मबलका साथ यो प्रस्ताव पेश गरेको छु। धन्यवाद! — [[User:Tulsi Bhagat|<span style="color:black">'''तुलसी भगत'''</span>]] <sup>[&nbsp;[[Special:Contribs/Tulsi Bhagat|<span style="color:black">योगदान</span>]] &#124; [[User talk:Tulsi Bhagat|<span style="color:black">वार्ता</span>]]&nbsp;]</sup> २०:०९, ८ मे २०२१ (नेपाली समय)
 
;समुदायका "अनुहारहरू" (Community "faces")
पङ्क्ति ९३४:
 
=== विचार/टिप्पणी ===
आदरणीय [[User:Tulsi Bhagat|तुलसी भगत]] जी, सर्वप्रथम समुदायको हितको लागि यहाँले प्रस्तुत गर्नुभएको यस प्रस्तावको लागि हार्दिक धन्यवाद तथा खुशी व्यक्त गर्न चाहन्छु । प्रस्तावमा भनिए जस्तो "विकी जागरूकता अभियान" आयोजनाको बारेमा समुदायमा त्यति जानकारी नभेटिएको कारणले गर्दा आयोजनाको पहिलो र दोस्रो संस्करणको सारांश र त्यसमा समुदायको भूमिका र योगदानको बारेमा सप्रष्ट गराइदिनहुन अनुरोध गर्दछु ।
 
साथै यस तेस्रो चरणको कार्यक्रमको प्रष्ट खाका र समुदायका सदस्यले कुन कुन ढंगको योगदान गर्न सक्ने कुरा पनि प्रष्ट परिदिनहुन अनुरोध गर्दछु ।
 
कार्यक्रम समुदायको हितको लागि भएका कारण यस्ता कामको लागि अनुदानको प्रयोग कतिको प्रभावकारी हुन जान्छ । सर्वप्रथम कार्यक्रम को पूर्ण खाका सूचीबद्ध प्रस्तुत गरी, समुदाय भित्रै रहेका साथीहरु संग योगदानको लागि अवहान्न गर्दा कसो होला। र समुदायले गर्न नसक्ने कार्यका लागि मात्र आवश्यक अनुदान प्रस्ताव गरी समुदाय लाई त्यसको जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्दछु ।
 
यसका [[User:Tulsi Bhagat|तुलसी भगत]] जी साथै सुरु गर्नुभएको यस कार्यक्रममा समुदायको हरेक सदस्यहरुमा पूर्ण साथ र योगदान गर्न पनि हार्दिक अनुरोध गर्न चाहन्छु । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १८:२४, १३ मे २०२१ (नेपाली समय)