"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०:
एआइजी निकै ठूलो कम्पनी थियो र यसमा रहेका धेरै कर्मचारीहरूको जागिर बचाउन अमेरिकी संघीय सरकारले बेल आउन गर्यो। सरकारले ८५ अरब $ दिएर एआइजीलाई डुब्नबाट बचायो। यो देखेर लगानीकर्ताहरूले सिडिओ किन्न बन्द गरे। बैंकहरूबाट लोन खरिद गरि इन्भेस्टमेन्ट बैंकले सिडिओ बनाएको थियो र त्यस्ता सिडिओ इन्भेस्टमेन्ट बैंकसँग थुप्रै संख्यामा थियो र अब सिडिओ खरिद गर्ने कोही लगानीकर्ताहरू थिएनन्। र त्यो सिडिओको नोक्सान इन्भेस्टमेन्ट बैंकहरूले व्यहोर्नु पर्यो।
 
अमेरिकाका शिर्ष १० इन्भेस्टमेन्ट बैंकहरू भुइँमा बजारिए। अमेरिकाको एक टप इन्भेस्टमेन्ट बैंक "लेहम्यान ब्रदर्स" टाट पल्टियो (दामासहीमा पर्यो)। र लेम्यान ब्रदर्सका करिब २५००० कर्मचारीहरूले जागिरबाट हात धुनुपर्यो। बियर स्टर्नलाई जेपि मोर्गन चेसले खरिद गर्यो र मेरिल लिन्चलाई बैंक अफ अमेरिकाले खरिद गर्यो। यस संकटमा बैंक तथा अन्य वित्तीय संस्थाहरूलाई ४५० अरब डलरको नोक्सान भयो। सिडिओ र सिडिएस मा कुनै नियमन थिएन। [[फेडरल रिजर्भलेरिजर्भ]]ले बैंकको धितोलाई त नियमन गर्थ्यो तर सिडिओ र सिडिएसलाई नियमन र नियन्त्रण गर्ने कुनै निकाय थिएन।
 
यसबाट क्रेडित क्रन्चको स्थिति पैदा भयो। ऋण पाउनको लागि मुस्किल भयो। धेरै व्यापार व्यवसाय ऋण पाउन र पूँजी जुटाउन नसकेर बन्द भए। अमेरिकाको आर्थिक वृद्धि ठप्प भयो र बेरोजगारी निकै बढ्यो।