"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
एआइजी निकै ठूलो कम्पनी थियो र यसमा रहेका धेरै कर्मचारीहरूको जागिर बचाउन अमेरिकी संघीय सरकारले बेल आउन गर्यो। सरकारले ८५ अरब $ दिएर एआइजीलाई डुब्न बाट बचायो। यो देखेर लगानीकर्ताहरूले सिडिओ किन्न बन्द गरे। बैंकहरूबाट लोन खरिद गरि इन्भेस्टमेन्ट बैंकले सिडिओ बनाएको थियो र त्यस्ता सिडिओ इन्भेस्टमेन्ट बैंकसँग थुप्रै संख्यामा थियो र अब सिडिओ खरिद गर्ने लगानीकर्ताहरू कोही थिएनन्। र त्यो सिडिओको नोक्सान इन्भेस्टमेन्ट बैंकहरूले व्यहोर्नु पर्यो।
 
अमेरिकाका शिर्ष १० इन्भेस्टमेन्ट बैंकहरू भुइँमा बजारिए। अमेरिकाको एक टप इन्भेस्टमेन्ट बैंक "लेहम्यान ब्रदर्स" (टाट पल्टियो ( दामासहीमा पर्यो)। र लेम्यान ब्रदर्सका करिब २५००० कर्मचारीहरूले जागिरबाट हात धुनुपर्यो। बियर स्टर्नलाई जेपि मोर्गन चेसले खरिद गर्यो र मेरिल लिन्चलाई बैंक अफ अमेरिकाले खरिद गर्यो। यस संकटमा बैंक तथा अन्य वित्तीय संस्थाहरूलाई ४५० अरब डलरको नोक्सान भयो। सिडिओ र सिडोएस मा कुनै नियमन थिएन। फेडरल रिजर्भले बैंकको धितोलाई त नियमन गर्थ्यो तर सिडिओ र सिडिएसलाई नियमन र नियन्त्रण गर्ने कुनै निकाय थिएन। यसबाट क्रेडित क्रन्चको स्थिति पैदा भयो। ऋण पाउनको लागि मुस्किल भयो।
 
यसबाट क्रेडित क्रन्चको स्थिति पैदा भयो। ऋण पाउनको लागि मुस्किल भयो। धेरै व्यापार व्यवसाय ऋण पाउन र पूँजी जुटाउन नसकेर बन्द भए। अमेरिकाको आर्थिक वृद्धि ठप्प भयो र बेरोजगारी निकै बढ्यो।
 
== विश्व अर्थतन्त्र मा प्रभाव ==