"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
 
== वित्तीय बजार मा प्रभाव ==
यो डिफल्टको कारणले सिडिओ फेल भयो र सिडिओको मूल्य शून्य बराबर भयो। जो लगानीकर्ताहरूले सिडिओमा लगानी गरेका थिए उनीहरूको पुरै पैसा डुब्यो। जो लगानीकर्ता तथा कोष व्यवस्थापकहरूलाई सबप्राइम लोनको बारेमा ज्ञान थियो, उनेहरूलाई सिडिओ जुन्सुकै बेलामा पनि फेल हुन सक्छ भन्ने कुरा थाह थियो। त्यसैले उनीहरूले धेरै मात्रामा सिडिएस खरिद गरेका थिए अर्थात सिडिओको बिमा गरेका थिए। र जब सिडिओ फेल भयो, उनीहरूलाई निकै मुनाफा भयो। सिडिओमा जोखिम बहन गर्ने भनेर सिडिओको बिमा गर्ने एआइजी कम्पनीलाई ९९ अरब डलरको नोक्सान भयो।
 
एआइजी निकै ठूलो कम्पनी थियो र यसमा रहेका धेरै कर्मचारीहरूको जागिर बचाउन अमेरिकी संघीय सरकारले बेल आउन गर्यो। सरकारले ८५ अरब $ दिएर एआइजीलाई डुब्न बाट बचायो। यो देखेर लगानीकर्ताहरूले सिडिओ किन्न बन्द गरे। बैंकहरूबाट लोन खरिद गरि इन्भेस्टमेन्ट बैंकले सिडिओ बनाएको थियो र त्यस्ता सिडिओ इन्भेस्टमेन्ट बैंकसँग थुप्रै संख्यामा थियो र अब सिडिओ खरिद गर्ने लगानीकर्ताहरू कोही थिएनन्। र त्यो सिडिओको नोक्सान इन्भेस्टमेन्ट बैंकहरूले व्यहोर्नु पर्यो।
 
अमेरिकाका शिर्ष १० इन्भेस्टमेन्ट बैंकहरू भुइँमा बजारिए। अमेरिकाको एक टप इन्भेस्टमेन्ट बैंक "लेहम्यान ब्रदर्स" (टाट पल्टियो ( दामासहीमा पर्यो)। र लेम्यान ब्रदर्सका करिब २५००० कर्मचारीहरूले जागिरबाट हात धुनुपर्यो।
 
== विश्व अर्थतन्त्र मा प्रभाव ==