"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
 
अब ब्याजदरमा वृद्धि भएपछि लोन डिफल्ट गर्ने अथवा ऋण नचुकाउने ऋणीहरूको संख्य बिस्तारै बढ्दै गयो। तब बैंकले सबै घरलाई लिलामीमा बेच्न थाल्यो। डिफल्ट गर्नेहरू धेरै भएकाले बैंकले धेरै घरहरू लिलामीको लागि निकाल्यो। २००७-०८ मा ब्याजदर पनि ५% मा आइसकेको थियो। बैंकले धेरै मानिसहरूलाई ऋण दिइसकेको थियो। त्यसैले लिलामी निकालिएको ती घरको लागि कोही ग्राहक भेटिएनन्। जसको कारण घरको मूल्य निकै घट्ययो र निकै कम स्तरमा आयो। जो मानिसहरूले घर किन्नको लागि ऋण लिएका थिए उनीहरूको ऋण घरको भाउ भन्दा निकै धेरै थियो। उनीहरूले जब घर खरिद गरेका थिए, घरको भाउ निकै उच्च थियो तर अब घर-जग्गामा निकै गिरावट देखिएको थियो। त्यसैले आवास लोन डिफल्ट गर्ने ऋणीहरूको संख्या बढ्दै गयो। यो डिफल्टको कारणले बैंकमा पैसा आउन बन्द भयो।
 
यो डिफल्टको कारणले सिडिओ फेल भयो र सिडिओको मूल्य शून्य बराबर भयो। जो लगानीकर्ताहरूले सिडिओमा लगानी गरेका थिए उनीहरूको पुरै पैसा डुब्यो। जो लगानीकर्ता तथा कोष व्यवस्थापकहरूलाई सबप्राइम लोनको बारेमा ज्ञान थियो, उनेहरूलाई सिडिओ जुन्सुकै बेलामा पनि फेल हुन सक्छ भन्ने कुरा थाह थियो।
 
== वित्तीय बजार मा प्रभाव ==