"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
तब बैंकहरूले धितोको घर बेचेर त्यो ऋण असुल गर्न थाले। अर्थात बैंकहरूले आफ्नो पैसा ती घरहरू बेचेर उठाउन सुरु गरे। यो यसकारणले भइरहेको थियो किनभने बैंकले उनीहरूको जाँच बिना र उनीहरूको ऋण तिर्न सक्ने क्षमता बिना नै उनीहरूलाई ऋण प्रदान गरिरहेको थियो। धेरै जसो ऋणीहरूसँग त लगातारको कमाइ (ढुक्कको कमाइ) पनि थिएन। तैपनि बैंकहरूले उनीहरूलाई आवास ऋण दिइरहेको थियो। यहाँ बैंकहरूले अर्को गल्ती पनि गरे। आवास खरिदको लागि ऋणीहरूले सबै पैसा बैंकबाट ऋण लिएका थिए। २००५ मा ५०% ऋणीहरूले घर किन्न आफ्नो तर्फबाट केही लगानी गरेका थिएनन् र बैंकबाट नै सबै पैसा राखेका थिए । जबकि सामान्यतया घर किन्नको लागि ऋणीले केही पैसा आफ्नो तर्फबाट राख्नु पर्थ्यो र बाँकी पैसा बैंकले ऋण दिने गर्थ्यो।
 
अब ब्याजदरमा वृद्धि भएपछि लोन डिफल्ट गर्ने अथवा ऋण नचुकाउने ऋणीहरूको संख्य बिस्तारै बढ्दै गयो। तब बैंकले सबै घरलाई लिलामीमा बेच्न थाल्यो। डिफल्ट गर्नेहरू धेरै भएकाले बैंकले धेरै घरहरू लिलामीको लागि निकाल्यो। २००७-०८ मा ब्याजदर पनि ५% मा आइसकेको थियो। बैंकले धेरै मानिसहरूलाई ऋण दिइसकेको थियो। त्यसैले लिलामी निकालिएको ती घरको लागि कोही ग्राहक भेटिएनन्। जसको कारण घरको मूल्य निकै घट्ययो र निकै कम स्तरमा आयो। जो मानिसहरूले घर किन्नको लागि ऋण लिएका थिए उनीहरूको ऋण घरको भाउ भन्दा निकै धेरै थियो। उनीहरूले जब घर खरिद गरेका थिए, घरको भाउ निकै उच्च थियो तर अब घर-जग्गामा निकै गिरावट देखिएको थियो। त्यसैले आवास लोन डिफल्ट गर्ने ऋणीहरूको संख्या बढ्दै गयो। यो डिफल्टको कारणले बैंकमा पैसा आउन बन्द भयो।
 
== वित्तीय बजार मा प्रभाव ==