"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
 
एआइ जी (AIG [[:en:American International Group|American International Group]] ) , विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीले सिडिओको जोखिम बहन गर्न थाल्यो । बिमा नोक्सानबाट सुरक्षा पाउन गरिन्छ। एआइजीलाई लागेको थियो सिडिओलाई "एएए" रेटिङ प्रदान गरिएको छ । त्यसैले सिडिओ असफल हुने सम्भावना निकै कम छ। त्यसैले उसले सिडिओ मा बिमा सेवा प्रदान गर्न सुरु गर्‍यो। र त्यसको नाम क्रेडिट डिफल्ट स्वाप राखियो। सिडिओ लगानीकर्ता क्षतिबाट सुरक्षा पाउन सिडिएस को खरिद गर्न थाले। सिडिएस को विशेष कुरा यो थियो कि सिडिओ नभएको मनिसले पनि सिडिएस खरिद गर्न सक्थे। जसले सिडिएस खरिद गरेका थिए, उनीहरूले हरेक त्रैमासमा एआइजीलाई प्रिमियम रकम बुझाउनु पर्थ्यो । यदि सिडिओ असफल भएमा फेल भएमा, त्यसको क्षति एआइजीले बहन गर्थ्यो। सिडिएस को बिक्री बापत एआइजीले आफ्नो कर्मचारी तथा अभिकर्ताहरूलाई ठूला ठूला बोनस प्रदान गरिरहेको थियो । तर एआइजीले "यदी सिडिओ फेल भयो भने कती क्षति बहन गर्नुपर्छ्" भन्ने कुरा कहिल्यै सोचेन ।
===लोन डिफल्ट ===
 
बैंकले दिएको धेरैजसो ऋण समायोज्य दरको ऋण थियो। समायोज्य दरको ऋणको ब्याजदर सुरुवातको केहि समय त निकै न्युन हुन्थ्यो तर केहि वर्ष पछी निकै धेरै हुन्छ। धेरै जसो सबप्राइम लोन ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र बैंकले पनि यसको बारेमा केहि जानकारी दिएको थिएन। जो व्यक्तिले समायोज्य दरमा सबप्राइम लोन लिएका थिए, उनीहरूले सुरुमा त निकै कम ब्याज तिर्नुपर्‍यो तर केहि वर्ष पछी (३-४ वर्षपछि) खासगरी २००७ पछी उनीहरूले लिएको ऋणको ब्याज निकै बढी भयो। धेरै जसो ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र ब्याजदर बढ्ने बित्तिकै जसले सबप्राइम लोन लिएका थिए, उनीहरूलाई बढेको यो ब्याज तिर्न निकै मुस्किल पर्न थाल्यो र उनीहरूले लोन डिफल्ट गर्न सुरु गरे अर्थात उनीहरूले ऋण चुकाउन बन्द गरे।