"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
एआइ जी (AIG [[:en:American International Group|American International Group]] ) , विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीले सिडिओको जोखिम बहन गर्न थाल्यो । बिमा नोक्सानबाट सुरक्षा पाउन गरिन्छ। एआइजीलाई लागेको थियो सिडिओलाई "एएए" रेटिङ प्रदान गरिएको छ । त्यसैले सिडिओ असफल हुने सम्भावना निकै कम छ । त्यसैले उसले सिडिओ मा बिमा सेवा प्रदान गर्न सुरु गर्‍यो । र त्यसको नाम क्रेडिट डिफल्ट स्वाप राखियो । सिडिओ लगानीकर्ता क्षतिबाट सुरक्षा पाउन सिडिएस को खरिद गर्न थाले । सिडिएस को विशेष कुरा यो थियो कि सिडिओ नभएको मनिसले पनि सिडिएस खरिद गर्न सक्थे । जसले सिडिएस खरिद गरेका थिए, उनीहरूले हरेक त्रैमासमा एआइजीलाई प् रिमियम रकम बुझाउनु पर्थ्यो । यदिक सिडिओ असफल भएमा फेल भएमा, त्यसको क्षति एआइजीले बहन गर्थ्यो । सिडिएस को बिक्री बापत एआइजीले आफ्नो कर्मचारी तथा अभिकर्ताहरूलाई ठूला ठूला बोनस प्रदान गरिरहेको थियो । तर एआइजे ले "यदी सिडिओ फेल भयो भने कती क्षति बहन गर्नुपर्छ्" भन्ने कुरा सोचेन ।
 
बैंकले दिएको धेरै जसो ऋण समायोज्य दर को ऋण थियो । समायोज्य दरको ऋणको ब्याजदर सुरुवाअतको केहि समय त निकै न्युन हुन्थ्यो तर केहि वर्ष पछी निकै धेरै हुन्छ । धेरै जसो सबप्राइम लोन ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र बैंकले पनि यसको बारेमा केहि जानकारी दिएको थिएन । जो व्यक्तिले समायोज्य दरमा सबप्राइम लोन लिएका थिए, उनीहरूले सुरुमा त निकै कम ब्याज तिर्नुपर्‍यो तर केहि वर्ष पछी (३-४ वर्षपछि) खासगरी २००७ पछी उनीहरूले लिएको ऋणको ब्याज निकै बढी भयो । धेरै जसो ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र  र ब्याजदर बढ्ने बित्तिकै जसले सबप्राइम लोन लिएका थिए, उनीहरूलाई बढेको यो ब्याज तिर्न निकै मुस्किल पर्न थाल्यो ।  
 
== वित्तीय बजार मा प्रभाव ==