"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे । इन्भेस्टमेन्ट बैंक कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहणमा मद्दत गर्न, डेरिभेटिभ ट्रेडिङ गर्न सुबिधा प्रदान गर्छ । इन्भेस्टमेन्ट बैंकहरूले बैंक सँग लोन (ऋण) खरिद गर्न थाले र कयौं लोनलाई मिलाएर मिश्रित डेरिभेटिभ प्रोडक्ट बनाउन लागे, जसको नाम कोल्याटरलाईज्ड डेब्ट अल्बिगेसन ( collateralized debt obligation, CDO) राखिएको थियो। र यी सिडिओहरूलाई इन्भेस्टमेन्ट बैंकहरूले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराए। क्रेडिट रेटिङ एजेन्सी ती ऋणहरूलाई मूल्याङ्कन गर्ने काम गर्थ्यो। (ती ऋणहरूलाई जाँच गर्थ्यो ती सिडिओलाई ग्रेड प्रदान गर्थ्यो ।) त्यसपछी इन्भेस्टमेन्ट बैंक ती सिडिओहरू लगानीकर्ताहरूलाई बिक्री गर्थे। सामान्यतया बैंकले ऋणीलाई ऋण दिने समयमा बैंक ऋणीको वित्तिय अवस्था जाँच गरेर, उनको आय-व्याय प्रामाणित गरेर मात्र ऋण स्वीकृत गर्छ। यो मामिलामा बैंकले ऋण इन्भेस्टमेन्ट बैंकलाई बिक्री गरिरहेको थियो। भने इन्भेस्टमेन्ट बैंक ती ऋणलाई जोडेर सिडिओ बनाएर लगानीकर्ताहरूलाई बेचिरहेको थियो। यसमा ऋणको जोखिम बैंकले इन्भेस्टमेन्ट बैंकलाई हस्तान्तरण गरेको थियो र इन्भेस्टमेन्ट बैंकले ऋणको जोखिम सिडिओ लगानीकर्तालाईइ हस्तान्तरण गरेको थियो। क्रेडिट रेटिङ एजेन्सीले ती मध्ये धेरै सिडिओलाई "ट्रिपल ए" (एएए) रेटिङ प्रदान गरे। एएए रेटिङ सबैभन्दा उच्च रेटिङ हो, र यो रेटिङ पाएको लगानीलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। एएए रेटिङ र राम्रो प्रतिफल देखेर लगानीकर्ताहरू सिडिओमा झुम्मिए। सिडिओको बढ्दो माग र आकर्षण देखेर इन्भेस्टमेन्ट बैंक बैंकहरू सँग अझै धेरै ऋणको माग गर्न थाले। तर बैंकले राम्रो वित्तीय अवस्था भएका र ऋण तिर्न सक्षम भएकाहरूलाई ऋण दिइसकेका थिए। त्यसैले बैंकले ती मानिस हरूलाई पनि ऋण दिन थाले जसले ऋण चुकाउन सक्छ्न् भन्ने कुनै निश्चितता थिए। यस्तो असुरक्षित स्तरको ऋणलाई सबप्राइम लोन भनिन्छ। धेरै लोन बेचेर इन्भेस्टमेन्ट बैंक बाट धेरै कमिसन पाउने चक्करमा बैंकले वित्तीय क्षमता र अवस्था जाँच नगरी ऋण दिइरहेको थियो। यी सबप्राइम लोन बैंक इन्भेस्टमेन्ट बैंकलाई बिक्री गर्थे र इन्भेस्टमेन्ट बैंक यी सुबप्राइम लोनको सिडिओ बनाएर क्रेडिट रेटिङ एजेन्सीबाट "एएए" रेटिङ दिलाउन थाले । लगभग ७०% सिडिओलाई क्रेडिट रेटिङ एजेन्सीले "एएए" रेटिङ प्रदान गरेको थियो। "एएए रेटिङ"को कारणले ती सबप्राइम लोनबाट बनेको सिडिओ को पनि राम्रो माग आउन थाल्यो ।
 
यसरी बैंकले सबप्राइम लोन बिक्री गरिरह्यो र इन्भेस्टमेन्ट बैंकले उक्त सबप्राइम लोनको सिडिओ बनाएर लगानीकर्ताहरूलाई बिक्री गरिरहे। सन् २००० देखी २००७ सम्म इन्भेस्टमेन्ट बैंकहरूले अरबौं अरबौं डलरको सिडिओ बेचेर अरबौं डलरको मुनाफा कमाइरहेका थिए । बैंक, इन्भेस्टमेन्ट बैंक को साथसाथै क्रेडिट रेटिङ एजेन्सी पनि निकै मुनाफा कमाइरहेका थिए । मुडिज ([[:en:Moody's|Moody's Investors Service]] ), एक अमेरिकी क्रेडिट रेटिङ एजेन्सी कम्पनी थियो, को मुनाफा २००० देखी २००७ को बिचमा ४ गुणाले बृद्धिक भएको थियो ।  बैंक, इन्भेस्टमेन्ट बैंक र क्रेडिट रेटिङ एजेन्सी को मिलिभगतको काम २००८ को सुरुवातसम्म यसरी नै चलिरह्यो ।
 
एआइ जी (AIG [[:en:American International Group|American International Group]] ) , विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीले सिडिओको जोखिम बहन गर्न थाल्यो । बिमा नोक्सानबाट सुरक्षा पाउन गरिन्छ। एआइजीलाई लागेको थियो सिडिओलाई "एएए" रेटिङ प्रदान गरिएको छ । त्यसैले सिडिओ असफल हुने सम्भावना निकै कम छ ।
 
== वित्तीय बजार मा प्रभाव ==