"२००७-२००८ को वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति १३:
यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो । त्यसैले लागनीकर्ताकरूको ध्यान अमेरिकाको घरा जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले । अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।
घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे । इन्भेस्टमेन्ट बैंक कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहण मा मद्दत गर्न , डेरिभेटिब ट्रेडिङ गर्न सुबिधा प्रदाअन गर्छ । इन्भेस्टमेन्ट बैंक हरूले बैंक सँग लोन (ऋण) खरिद गर्न थाले र कयौं लोन लाई मिलाएर मिश्रित डेरिभेटिभ प्रोडक्ट बनाउन लागे, जसको नाम कोल्याटरलाईज्ड डेब्ट अल्बिगेसन ( collateralized debt obligation, CDO) राखिएको थियो । र यी सिडिओहरूलाई इन्भेस्टमेन्ट बैंकहरूले क्रेडित रेटिङ एजेन्सीबाट रेटिङ गराए। क्रेडिट रेटिङ एजेन्सी ती ऋणहरूलाई मूल्याङ्कन गर्ने काम गर्थ्यो। (ती ऋणहरूलाई जाँच गर्थ्यो ती सिडिओलाई ग्रेड प्रदान गर्थ्यो ।) त्यसपछी इन्भेस्टमेन्ट बैंक ती सिडिओहरू लगानीकर्ताहरूलाई बिक्री गर्थे । सामान्यतया बैंकले ऋणीलाई ऋण दिने समयमा बैंक ऋणीको वीत्तिय अवस्था जाँच गरेर, उनको आय-व्याय प्रामाणित गरेर मात्र ऋण स्वीकृत गर्छ । यो मामिलामा बैंकले ऋण इन्भेस्टमेन्ट बैंकलाईइ बिक्री गरिरहेको थियो । भने इन्भेस्टमेन्ट बैंक ती ऋनलाई जोडेर सिडिओलाई बनाएर लगानीकर्ताहरूलाईइ बेचिरहेको थियो । यसमा ऋणको जोखिम बैंकले इन्भेस्टमेन्ट बैंकलाई हस्तान्तरण गरेको थियो र इन्भेस्टमेन्ट बैंकअले ऋणको जोखिम सिडिओ लगानीकर्तालाईइ हस्तान्तरण गरेको थियो ।
== वित्तीय बजार मा प्रभाव ==
|