"प्रिन्स अफ पर्सिया: वारियर विदिन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
 
{{Sports-stub}}
 
 
==कथा==
प्रिन्स अफ पर्सिया: द स्यान्ड अफ टाइमको घटना भएको सात वर्ष पछि, प्रिन्सले आफूलाई ढाका भनिने एक रहस्यमय जीव सधैं लखेटी रहेको पाउँछन्। प्रिन्सले एक बुढा जान्ने मानिससँग सल्लाह गर्छन्। बुढा मानिसले "जसले स्यान्ड अफ टाइमलाई मुक्त गर्छ ऊ मर्नु पर्छ" भन्ने कुरा बताउँछ। प्रिन्स आफ्नो नियति (फेट {{lang-en|fate}}) बाट उम्केको हुनाले अहिलेको समयकालबाट प्रिन्सलाई हटाउनको लागि प्रिन्सलाई मार्नु ढाकाको जिम्मेवारी हो किनभने ढाका समयकालको रक्षक हो। ती बुज्रुक मानिसले आइल्यान्ड अफ टाइम (समयको टापु)को बारेमा पनि बताउछन् जहाँ इम्प्रेस अफ टाइमले पहिलो पटक स्यान्ड बनाएको थियो। प्रिन्सले स्यान्ड बन्नबाट रोक्नको लागि टापुमा जाने यात्रा तय गर्छन्। यसो गर्दा ढाका शान्त हुने विश्वास उनको हुन्छ। समुद्रमा दुश्मन सेना सँग उनको लडाइँ हुन्छ, जसको नेतृत्व कालो कपडा लगाएको एउटा रहस्यमय महिलाले गरेको हुन्छ। लडाइँमा प्रिन्सको डुङ्गा पल्टिन्छ। प्रिन्स बेहोस हुन्छ र होसमा आउँदा आइल्यान्ड अफ टाइमको किनारामा आफूलाई पाउँछ।