"प्रिन्स अफ पर्सिया: वारियर विदिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
प्रिन्स अफ पर्सिया: द स्यान्ड अफ टाइमको घटना भएको सात वर्ष पछि, प्रिन्सले आफूलाई ढाका भनिने एक रहस्यमय जीव सधैं लखेटी रहेको पाउँछन्। प्रिन्सले एक बुढा जान्ने मानिससँग सल्लाह गर्छन्। बुढा मानिसले "जसले स्यान्ड अफ टाइमलाई मुक्त गर्छ ऊ मर्नु पर्छ" भन्ने कुरा बताउँछ। प्रिन्स आफ्नो नियति (फेट {{lang-en|fate}}) बाट उम्केको हुनाले अहिलेको समयकालबाट प्रिन्सलाई हटाउनको लागि प्रिन्सलाई मार्नु ढाकाको जिम्मेवारी हो किनभने ढाका समयकालको रक्षक हो। ती बुज्रुक मानिसले आइल्यान्ड अफ टाइम (समयको टापु)को बारेमा पनि बताउछन् जहाँ इम्प्रेस अफ टाइमले पहिलो पटक स्यान्ड बनाएको थियो। प्रिन्सले स्यान्ड बन्नबाट रोक्नको लागि टापुमा जाने यात्रा तय गर्छन्। यसो गर्दा ढाका शान्त हुने विश्वास उनको हुन्छ। समुद्रमा दुश्मन सेना सँग उनको लडाइँ हुन्छ, जसको नेतृत्व कालो कपडा लगाएको एउटा रहस्यमय महिलाले गरेको हुन्छ। लडाइँमा प्रिन्सको डुङ्गा पल्टिन्छ। प्रिन्स बेहोस हुन्छ र होसमा आउँदा आइल्यान्ड अफ टाइमको किनारामा आफूलाई पाउँछ।
 
ऊ पछि ब्युझे पछि कालो लगाएको महिलालाई पच्छ्याउदै इम्प्रेस अफ टाइम (साम्राज्ञी) को किल्लाको टाइम पोर्टलमा पुग्छ जहाँबाट दुवै जना विगतमा पुग्छन्। प्रिन्सले कालो कपडा लगाएको महिला, जसको नाम शाहदी हुन्छ, बाट आर्को महिला काइलिनालाई बचाउँछ। प्रिन्सले काइलिनालाई इम्प्रेस सँग भेटाउनको लागि भन्छन्। उसले इम्प्रेस अहिले स्यान्ड बनाउन व्यस्त रहेको कुरा भन्छ। काइलिनाले प्रिन्सलाई इम्प्रेस बस्ने सिंहासन कोठामा जाने ढोका खोल्न सकिने तरिकाको बारेमा बताउँछिन्। प्रिन्सले किल्लाको बाटो हुँदै, स्यान्ड पोर्टलको माध्यमले अगाडि पछाडी, भूत र बर्तमान, र कयौं पटक ढाका सँग बालबाल बच्दै ढाका पानीबाट पार हुन नसक्ने कुरा थाह पाउँछ। प्रिन्सले किल्लाको दुई टावर:गार्डेन टावर र मेकानिकल टावरको संयन्त्र एक्टिभेट गर्छ, जसले ढोकाको तालाको काम गरेको हुन्छ। ऊ सिंहासन कक्षमा जान्छ र त्यहाँ काइलिना नै इम्प्रेस अफ टाइम (समयको साम्राज्ञी) भएको कुरा थाहा पाउंछ। काइलिनाले समयकालमा प्रिन्सले नै आफूलाई मार्ने देखेको हुन्छ र उसले पनि प्रिन्सले जस्तै आफ्नो नियति उल्टाउने प्रयास गर्छिन्। प्रिन्स र इम्प्रेस बीच लडाइँ हुन्छ, जसमा प्रिन्स विजयी हुन्छ। प्रिन्सले काइलिनालाई मार्छ र वर्तमानमा फर्कन्छ। A battle ensues and the Prince proves victorious; he kills Kaileena and returns to the present.
 
==सन्दर्भ==