"सोलुखुम्बु जिल्ला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ९३:
उच्च ठाउँको कठ्याङ्ग्रिदो जाडोको पनि कुनै पर्वाह नगरी तीर्थालुहरु दर्शनका लागि यहाँ आउछन् । युवा युवतीदेखि बृद्धबृद्धासम्म दर्शन गर्न यहाँ आउछन् । मनले चिताएको काम पूरा हुने, सन्तान प्राप्ति हुने, धनलाभ हुने जस्ता धार्मिक विश्वास रहेको छ । दुधकुण्ड यस्तो। ठाउँ हो जहाँ हामीले स्वणीम आनन्दको अनुभूति गर्न सक्छौं । सारा दुख, दर्द, पीर–व्यथा आदि भुल्न सकिन्छ । यहाँ सुरक्षाका बारेमा ढुक्क भएर जान सकिन्छ । लेक लागेर बिरामी भए पनि रेडक्रसले निशुल्क रूपमा स्वास्थ्य शिविर सञ्चालन गरेको हुन्छ । त्यस्तै कुनै पनि अप्रिय घटना घट्न नदिनका लागि सेना र प्रहरी खटाइएका हुन्छन ् । खाना र बस्नका लागि अस्थायी होटलहरु खोलिएका छन् ।नेपालमा हजारौंको सङ्ख्यामा विदेशी पर्यटकहरु आउछन् । जसमध्यको केही अंश मात्र यहाँ भ्रमण गर्न गएमा दुधकुण्डको प्रचार त हुने नै भयो यसका अलवा यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार आउन जान्छ । अहिले नगण्य रूपमा विदेशी पर्यटकहरु दुधकुण्ड जाने गरेका देखिन्छन् । यसलाई ट्रेकिङ रुटको रुप दिन अझै सकिएको छैन । हिमालको दृष्यमा रमाउन चाहने पर्यटकका लागि अन्नपूर्ण आधार शिविर पुग्नै पर्दैन । किनकि दुधकुण्डबाटै हिमालको रमणीय दृष्य मज्जाले अवलोकन गर्न सकिन्छ । थोरै खर्चमा हिमालमको मनमोहक दृष्यको मज्जा लिन जो कोही पनि एक पटक जानै पर्ने ठाउँ हो दुधकुण्ड ।एक पटक गएपछि पटक पटक जाऊँ जाऊँ लाग्ने बनाउछ । दुधकुण्डमा पानीको रङ दुध जस्तै भएकाले यसलाई दुधकुण्ड भनिएको भनाइ छ । यसको उत्पति कहिले भएको हो यसका बारेमा कसैले पनि भन्न सकेको छैन । नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दुमा सल्लाहकार छोङबा शेर्पाका अनुसार पृथ्वीको उत्पतिसँसँगै यसको उत्पति।भएको हुन सक्छ । यस कुण्डमा कति घनमिटर पानी अटेको छ भनेर पनि अलिलेसम्म मापन गरिएको पाइदैन । जे भए पनि त्योसँग पर्यटकले कुनै सवाल राख्दैनन् । यसको अपार सौन्दर्यमा रम्नमै यहाँ पुग्ने मानिस व्यस्त हुने छन् । परापूर्व कालदेखि दुधकुण्ड मेला जाने गरिएको छ । तीनदेखि पाँच दिनसम्म समय छुट्याएर यहाँ दर्शन गर्ने उद्देश्य लिएर मानिसहरु यस पवित्र भूमिमा आउने गर्छन् । वास्तवमा ती तीर्थयात्रीहरु पर्यटक नै रहेछन् । हामीले थाहै नपाई आन्तरिक पर्यटनलाई माथि उठाइरहेका रहेछौ्रं ।
 
दुधकुण्डलाई प्रचार प्रसारमा ल्याउनु पर्ने आवश्यकतालाई पछिल्लो समयमा आएर धेरैले चासो दिन थालेको पाइएको छ । विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरु त्यहाँ देखिए । नेपाल टेलिभिजन, खुलासा टेलिभिजन, एभिन्युज, सोलु अनलाइन,सोलुखुम्बु अनलाइन जस्ता सञ्चार माध्यमका सञ्चारकर्मीहरूको उपस्थिति थियो ।।उसरी पर्दामा नआएका अथवा कम आएका महत्त्वपूर्ण स्थलहरूलाई संसारभरि चिनाउने उत्तरदायित्व सञ्चार माध्यमहरूले लिन जरुरी छ । आमसञ्चारको विकास र विस्तारले संसारलाई एउटा ग्वबल भिलेजको रूपमा परिणत भइसकेको छ । यसर्थ विभिन्न महत्त्वपूर्ण धार्मिक स्थलहरूको प्रबद्र्धन।गर्न सजिलो भएको छ ।
पर्यटनमा लागि पदयात्रा सुरु भई सके पनि यो सुरुवात मात्र भएको हो । यसलाई व्यवस्थित रुट बनाउन अझै धेरै व्यवस्थापनको खाँचो छ । स्थायी होटल तथा लजहरु खोल्न आवश्यक छ। र होटल तथा लजहरु खोल्न सम्भव नहुने ठाउँहरूमा सुविधा।सम्पन्न क्याम्पिङ स्थलहरु कनाउन सकिएको खण्डमा दुधकुण्डस्वदेशी तथा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने कुरामा दुई मत छैन । यसका लागि टाक्सिन्दुवासी र समग्र सोलुवासी जागरुक हुनु पर्छ ।