"मनिष राज पाण्डे" का संशोधनहरू बिचको अन्तर

पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी
Content deleted Content added
पुर्व राष्ट्रिय खेलाडी मनिष राज पाण्डेको जीवनी पृष्‍ठ प्रकाशित
(कुनै भिन्नता छैन)

१३:४६, ११ अप्रिल २०२१ जस्तै गरी पुनरावलोकन

मनिष राज पाण्डे (जन्म ५ डिसेम्बर १९७०) पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी हुन्। दायाँ-हाते प्रारम्भिक ब्याट्सम्यान र दायाँ-हाते मध्यम-तेज गतिका बलरको रूपमा खेल्ने अल-राउन्डर पाण्डेले नेपालका लागि आफ्नो पहिलो खेल सेप्टेम्बर १९९६ मा बङ्गलादेशका विरुद्ध खेलेका थिए।[१][२]

मनिष राज पाण्डे
२०१९ सीप्यान क्रिकेट अवार्ड्समा बोल्दै डा. मनिष राज पाण्डे
व्यक्तिगत जानकारी
नामडा. मनिष राज पाण्डे
जन्म (1970-12-05) ५ डिसेम्बर १९७० (उमेर ५३)
विराटनगर, नेपाल
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते मध्यम -तेज गति
भूमिकाअल-राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली

खेल जीवन

विराटनगरमा जन्मिएका पाण्डेले वि.सं. २०४५ देखि २०५७ सम्म कोशी अञ्चलमोरङ जिल्लालाई प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा नियमित सहभागिता जनाइरहे। उनले मोरङ जिल्ला र यूथ क्रिकेट क्लब, विराटनगरका टीमहरुलाई सफलतापूर्वक कप्तानी पनि गरे।

पाण्डे ६ सेप्टेम्बर १९९६ मा कुवालालम्पुरमा सम्पन्न १९९६ एसियन क्रिकेट काउन्सिल (एसीसी) ट्रफीमा बङ्गलादेश विरुद्ध नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो ११ खेलाडी मध्ये एक थिए। ब्रुनाई र जापानलाई हराउँदै सो प्रतियोगितामा नेपाल छ टीम मध्ये चौंथो स्थानमा रहन सफल भयो। पाण्डेले आफ्ना ओपनिङ पार्टनर पवन अग्रवालसंगै नेपालको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पहिलो बलको सामना गरे। उनले आफ्नो पहिलो खेलमा बलिङतर्फ ८ ओवरमा ३१ रन दिंदै १ विकेट लिए भने ब्याटिङमा १३ रन बनाए, जसक्रममा उनले ब्याकवार्ड स्क्वायर लेगतर्फ फ्लिक गर्दै नेपालका लागि पहिलो छक्का पनि प्रहार गरे।[१][३]

पाण्डे नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा 'म्यान अफ द म्याच' पुरस्कार प्राप्त गर्ने पहिलो खेलाडी बने, जब उनले जापान विरुद्ध ७ सेप्टेम्बर १९९६ मा २७ रन बनाउनुका साथै १ विकेट पनि लिंदै नेपाललाई जिततर्फ अग्रसर गराए।[१][३][४][५] उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ सेप्टेम्बरमा ब्रुनाई विरुद्ध २२ रन खर्चंदै ३ विकेट लिनु थियो।[३] सो प्रतियोगितामा उनले कुल ५ विकेट लिए।

पाण्डे सन् २०१८ देखि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) का अध्यक्ष हुन्।[६][७][८] उनले प्राकृतिक विज्ञानमा विद्यावारिधी (पीएचडी) पनि प्राप्त गरेका छन्।[९]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ Pandey, Binod (५ सेप्टेम्बर २०२०), "नेपाली क्रिकेटको २५ वर्ष : त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता", ekantipur.com (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच २०२०-०९-०८ 
  2. "The Home of CricketArchive", www.cricketarchive.co.uk, अन्तिम पहुँच २०२०-०६-३० 
  3. ३.० ३.१ ३.२ "International Journey of Nepalese Cricket", Nepali Students Chautari (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३० 
  4. Rayamajhi, Birat Jung (६ सेप्टेम्बर २०२०), "२४ वर्ष अघि आजकै दिन नेपाली क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो", WicketNepal (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०८ 
  5. "'Historic Day: On this day in 1996, Manish Raj Pandey became Nepal's first ever Man of the Match in international cricket during the 1996 ACC Trophy' by Routine of Nepal banda", www.facebook.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३० 
  6. "CPAN - Executive Committee", Cricket Players' Association Nepal (CPAN), अन्तिम पहुँच २०२०-०६-३० 
  7. "Pandey elected prez", The Himalayan Times (अङ्ग्रेजीमा), २०१८-०३-२६, अन्तिम पहुँच २०२०-०६-३० 
  8. "Cricket and Conservation Come Together", National Trust for Nature Conservation (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३० 
  9. "OUC Alumnus Wins Nepal's Presidential Honor Award for Excellence in Academic", Ocean University of China (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३०