"ह्युगो चाभेज" का संशोधनहरू बिचको अन्तर

HugoChavez1820.jpeg हटाईंदै, कमन्समा JuTaले No source specified since 26 March 2021 को कारणले हटाएका कारण ।
HugoChavez1823.jpeg हटाईंदै, कमन्समा JuTaले No source specified since 26 March 2021 को कारणले हटाएका कारण ।
पङ्क्ति १०८:
====संवैधानिक सुधार====
सन् १९९९ मा चाभेजले भेनेजुएला भरका विभिन्न समुदायका प्रतिनिधि सहभागि हुने संविधान सभा गठनको लागि [[जनमतसंग्रह]]को आह्वान गरे । यो जनमतसंग्रहले आदिवासी जनजातिका प्रतिनिधिहरूलाई पनि समेटेर देशको लागि नयाँ संविधान पुनर्लेखनको काम गर्ने उनको योजनालाई मद्दत पुर्याउने विश्वास चाभेजले राखेका थिए । सन् १९९९ अप्रिल २५ तारिखका दिन जनमतसंग्रह सम्पन्न भयो जसले चाभेजको सफलतालाई सुनिश्चित गर्यो । चाभेजको योजनाको समर्थनमा ८८ % मत खस्यो ।<ref name="ReferenceB">[[#Mar07|Marcano and Tyszka 2007]]. p. 130.</ref><ref name="Jones 2007. p. 238"> [[#Jon07|Jones 2007]]. p. 238.</ref>
 
[[File:HugoChavez1823.jpeg|thumb|[[ब्राजिल]]मा भएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा भेनेजुएलाको संविधानको पुस्तक बोकेका चाभेज]]
 
यस लगत्तै चाभेजले २५ जुलाईको लागि संविधान सभाको चुनावको घोषणा गरे । <ref>[[#Jon07|Jones 2007]]. p. 239.</ref> उक्त चुनावमा कुल १,१७१ उम्मेदवार मध्ये ९०० जना चाभेजका विरोधिहरू थिए । तर उनका समर्थकहरूले यसपालाको चुनावमा पनि अप्रत्यासित नतिजा निकाल्दै विजय प्राप्त गरे । चाभेजका समर्थकहरूले कुल १२५ स्थानबाट विजय प्राप्त गरे जुन कुल स्थानको ९५ % हो । उनका समर्थक आदिवासी जनजातिका सबै प्रतिनिधिले चुनावमा सफलता प्राप्त गरे भने चाभेजका विरोधिहरू जम्मा ६ स्थानमा सिमित भए ।<ref name="ReferenceB"/><ref name="Jones 2007. p. 240">[[#Jon07|Jones 2007]]. p. 240.</ref><ref name="InternationalCrisisGroup05">[[#Int07|International Crisis Group 2007]]. p. 05.</ref> सन् १९९९ को अगस्टमा संविधान सभाले मतदानबाट सरकारी संस्थानहरू खारेज गर्ने तथा भ्रष्टाचार वा व्यक्तिगत स्वार्थका लागि काम गरेको आरोप लागेका सरकारी अधिकारीहरूलाई निलम्बन गर्ने अधिकार प्राप्त गर्यो । यसका समर्थकहरूले यो अधिकार संविधान सभालाई गएपछि भ्रष्टाचारी राजनीतिज्ञ तथा कानुनी अधिकारीहरूले रोकेर राखेका सामाजिक सुधारका कार्यक्रमहरू अगाडि बढ्ने विश्वास लिएका थिए भने चाभेजको शासन विरोधीहरूले उक्त कदमले चाभेज र बोलिभारवादीहरूलाई विरोधीहरूमाथि प्रयोग गर्न अत्याधिक शक्ति प्रदान गरेकोले यो तानाशाही भएको आरोप लगाएका थिए ।<ref>[[#Jon07|Jones 2007]]. p. 241.</ref><ref>[[#Bel99|Belos 1999]].</ref>
"https://ne.wikipedia.org/wiki/ह्युगो_चाभेज" बाट अनुप्रेषित