"ह्युगो चाभेज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
HugoChavez1820.jpeg हटाईंदै, कमन्समा JuTaले No source specified since 26 March 2021 को कारणले हटाएका कारण ।
पङ्क्ति १००:
===प्रथम कार्यकाल २ फेब्रुअरी १९९९-१० जनावरी २००१===
चाभेजको राष्ट्रपतीय कार्यकालको सुरूवात २ फेब्रुअरी १९९९बाट भयो । राष्ट्रपति पदको सपथग्रहण समारोहमा सपथ खाँदै गर्दा सपथपत्रमा लेखिएकोभन्दा अघि बढ्दै चाभेजले भने- "म जनताका सामु कसम खान्छु कि, यो जीर्ण संविधानलाई म प्रजातान्त्रिकरूपमा यसरी परिवर्तन गर्नेछु कि नयाँ गणतन्त्रले एउटा म्याग्ना कार्टा पाउनेछ, जो वर्तमान परिप्रेक्षमा सान्दर्भिक हुनेछ ।" "<ref name="ReferenceA">[[#Mar07|Marcano and Tyszka 2007]]. p. 127.</ref><ref>[[#Jon07|Jones 2007]]. p. 226.</ref> राष्ट्रपति पद सम्हाल्नासाथ चाभेजले धेरै सरकारी पदहरूमा नयाँ अनुहारलाई नियुक्त गर्न थाले, त्यस्तै धेरै वामपन्थी विचारधाराका कर्मचारीहरूको मुख्य पदमा बढुवा पनि गरे । उनले एमबिआरका स्थापनाकालिन सदस्य [[जिसस अर्दानेता]]लाई केन्द्रीय अनुसन्धान संस्था, बोलिभारियन इन्टेलिजेन्स सर्भिसको प्रमुख बनाइदिए भने सन् १९९२ को सैनिक विद्रोहका एक नेता [[हर्नान ग्रुबर अर्डेमन]]लाई फेडेरल डिस्ट्रिक्ट अफ काराकसको गभर्नर नियुक्त गरे ।<ref>[[#Jon07|Jones 2007]]. p. 229.</ref> चाभेजले केही रूढिवादी, मध्यधारका तथा मध्य-दक्षिणपन्थी व्यक्तिहरूलाई पनि सरकारी कर्मचारीको रूपमा नियुक्त गरे, त्यस्तै क्याल्डेराका अर्थमन्त्री मारिट्जा इजाक्विरलाई पहिलाकै पदमा वहाली गरे भने व्यापारी [[रोबर्टो मन्दिनी]]लाई सरकारले सञ्चालन गरेको तेल कम्पनी पेट्रोलियोस दि भेनेजुएलाको प्रमुखको रूपमा नियुक्त गरे ।<ref>[[#Jon07|Jones 2007]]. p. 230.</ref> चाभेजका आलोचकहरूले सरकारमा रहेको यो समूहलाई बोलिभारवादी बुर्जुवाको संज्ञा दिदै,<ref>[[#Mar07|Marcano and Tyszka 2007]]. p. xx.</ref><ref> [[#Rom10|Romero 2010]].</ref> नागरिक प्रशासनमा अनुभव प्राप्त थोरै व्यक्ति सहभागी गरिएको तथ्यलाई महत्त्व दिएर प्रचार गरेका थिए ।<ref name="ReferenceA"/> उनले धेरै राष्ट्रपतीय सुविधाहरूलाई कटौति गरे, राष्ट्रपतिले पाउने सुविधायुक्त गाडि पनि उनले लिएनन्, प्रत्येक महिना तलबको रूपमा पाउने १२०० अमेरिकी डलर पनि उनले एउटा छात्रवृत्ती कोषलाई प्रदानगरे,<ref>[[#Jon07|Jones 2007]]. p. 234.</ref> र सरकारी स्वामित्वमा रहेका धेरै हवाइजहाजहरू पनि बेचिदिए । यद्यपी उनका आलोचकहरूले उनको, उनका परिवार तथा साथीहरूको व्यक्तिगत खर्च अत्याधिक भएको आरोप लगाउने गरेका थिए ।<ref>[[#Mar07|Marcano and Tyszka 2007]]. pp. 151–153, 250–251.</ref> उनको परिवारका धेरै सदस्यहरू भेनेजुएलाको राजनीतिमा समावेस भएका हुनाले उनलाई नातावादको पक्षपोषकको रूपमा पनि आलोचना गरिन्थ्यो तर यसलाई चाभेजले इन्कार गरेकाछन् ।<ref>[[#Mar07|Marcano and Tyszka 2007]]. pp. 250–255.</ref> त्यतिनैबेला सन् २००० को जुनमा उनी दोस्री श्रीमती मारिसाबेलसँग पनि अलग भए र उनीहरूको सम्बन्धविच्छेदको प्रक्रिया सन् २००४ को जनावरीमा पूरा भयो ।<ref>[[#Mar07|Marcano and Tyszka 2007]]. p. 243.</ref>
 
[[File:HugoChavez1820.jpeg|thumb|left|सन् २००३ मा [[ब्राजिल]] भ्रमणको क्रममा ह्युगो चाभेज ]]
 
राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नासाथ चाभेजले जनताकासामु अत्यन्तै क्रान्तिकारी परिवर्तनको आश्वासन दिएपनि सुरूका दिनहरूमा उनको सरकारले मध्यमार्गी, पूँजिवादी तथा मध्य-वामपन्थी नीति अबलम्बन गर्यो जुन ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको सरकार अथवा त्यतिबेलाका ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूभन्दा फरक थिएन ।<ref>[[#Wil07|Wilpert 2007]] p. 03.</ref><ref name="Ellner 2005">[[#Ell05|Ellner 2005]].</ref> सुरूमा चाभेज पूँजिवाद अझैपनि भेनेजुएलाको लागि उपयुक्त आर्थिक नीतिको ढाँचा भएको, तर पूँजिवाद पनि पश्चिम युरोपमा प्रचलित अथवा दक्षिणपन्थी र वामपन्थी धारलाई मिलाएर बनाइएको तेस्रो बाटोलाई अबलम्बन गर्नु राम्रो हुने कुरामा विस्वास गर्थे । उनको विरोध यसभन्दा अगाडिका सरकारहरूले अमेरिकी उक्साहटमा आएर लागू गरेका नवउदारवादप्रति मात्र लक्षित थियो ।<ref name="Hard Talk">[[#SacCha10|Sackur and Chávez 2010]].</ref> उनले [[अन्तर्राष्ट्रिय मुद्राकोष]]ले लागू गरेको आर्थिक दिशानिर्देशहरू पालना गरे र विदेशी लगानीकर्ताहरूलाई भेनेजुएलामा लगानीलाई निरन्तरता दिन हौसला प्रदान गरे ।<ref>[[#Mar07|Marcano and Tyszka 2007]]. pp. 148–149.</ref> त्यसको लागि उनले अमेरिकामा रहेको न्युयोर्क स्टक एक्स्चेन्जको पनि भ्रमण गरी त्यहाँका पूँजीपति लगानीकर्ताहरूलाई भेटेर छलफल गरे ।<ref>[[#Koz06|Kozloff 2006]]. p. 61.</ref><ref>[[#Jon07|Jones 2007]]. pp. 234–236.</ref> विदेशमा आफ्नो उपस्थिति देखाउन राष्ट्रपति बनेको पहिलो वर्ष नै बाउन्न दिन देश बाहिर बिताए । उक्त बाउन्न दिनमा उनले विभिन्न राष्ट्रहरूको भ्रमण गरी तत्कालिन अमेरिकी राष्ट्रपति [[बिल क्लिन्टन]], [[टेक्सास]] राज्यका गभर्नर [[जर्ज डब्लु बुस]] तथा चीनिया प्रधानमन्त्री [[जियाङ जेमिन]] लगायत विभिन्न देशका प्रमुख नेताहरूसँग भेटघाट गरे ।<ref>[[#Mar07|Marcano and Tyszka 2007]]. p. 154.</ref>
"https://ne.wikipedia.org/wiki/ह्युगो_चाभेज" बाट अनुप्रेषित