विशाल विभाजक हिमश्रृङ्खला

विशाल विभाजक पर्वतमाला वा पूर्वी उच्चभूमी अस्ट्रेलियाको सबैभन्दा लामो हिम श्रृङ्खला हो र विश्वकै जमिनमा अवस्थित तेस्रो सबैभन्दा लामो हिम श्रृङ्खला पनि हो। यो क्वीन्सल्यान्डको उत्तरपूर्वी क्षेत्रबाट डावान टापू सम्म ३,५०० किलोमिटर (२,१७५ माइल) सम्म फैलिएको छ। यसको सम्पूर्ण लम्बाई न्यू साउथ वेल्सहुँदै पूर्वी तटीय क्षेत्रसम्म पुगेको छ जहाँबाट यो भिक्टोरिया सम्म फैलिएको छ। त्यहाँबाट यो पश्चिम तर्फ मोडिएको छ जसले गर्दा यो पश्चिमी भिक्टोरियाको मध्य समथल भूमिको घ्राम्पियन राष्ट्रिय निकुञ्जहुँदै हराउँदै गएको छ। यस हिम श्रृङ्खलाको चौडाई १६० किलोमिटर (१०० माइल) देखि ३०० किलोमिटर (१९० माइल) सम्म भिन्नता रहेको छ।[२] यस हिम श्रृङ्खलामा विश्व सम्पदा क्षेत्रमा सूचीकृत विशाल व्लु हिमाल क्षेत्र, गोण्डवाना वर्षावन र क्वीन्सल्याण्डको उष्णकटिवन्धीय क्षेत्र अवस्थित छन्। यस क्षेत्रमा पहेँलो पुच्छ्रे कालो सुगा बाहुल्यता रहेको छ।

विशाल विभाजक हिमश्रृङ्खला
  • पूर्वी उच्चभूमी
  • विशाल विभाजक
The great dividing range.jpg
उच्चतम बिन्दु
टाकुराकोजिअस्को हिमाल (स्नोई हिमाल)
उंचाई२,२२८ मी (७,३१० फिट)
आयाम
लम्बाई३,५०० किमी (२,२०० माइल) उत्तर–दक्षिण
भूगोल
देशअस्ट्रेलिया[१]
राज्यन्यू साउथ वेल्स, क्वीन्सल्यान्डभिक्टोरिया
जिल्लाअस्ट्रेलियाली राजधानी क्षेत्र
श्रेणी निर्देशाङ्क३६°२७′ दक्षिण १४८°१६′ पूर्व / ३६.४५०° दक्षिण १४८.२६७° पूर्व / -36.450; 148.267
भूविज्ञान
अवधिकार्बनी कल्प

शब्दावलीEdit

 
जटिल हिम श्रृङ्खला, उच्च समथल भूभाग, उच्चभूमी क्षेत्र र धेरै अप्ठ्यारा पर्वतहरू समावेश विशाल विभाजक हिश्रृङ्खला
 
विशाल विभाजक हिमश्रृङ्खला अङ्कित चिन्ह

यो विशाल विभाजक हिमश्रृङ्खलामा एउटा मात्रै हिम श्रृङ्खलाहरूल् बनेको छैन। यसमा जटिल हिम श्रृङ्खला, उच्च समथल भूभाग, उच्चभूमी क्षेत्र र धेरै अप्ठ्यारा पर्वतहरू रहेका छन् जसमा प्राचीन र जटिल भूगर्भ इतिहासहरू समावेश छन्। केही स्थानहरूमा काम नलाग्ने समथल अवस्थित छन् जसमा निम्न पहाडहरू रहेका छन्। सामान्यतया, उच्चभूभाग ३०० देखि १,६०० मिटर वा ९८० देखि ५,२५० फिट अग्ला छन्।

प्राकृतिक अवयवEdit

 
अल्पाइन क्षेत्रमा अवस्थित स्नोई हिमाल
 
ब्लोहार्ड हिमालको समथर स्थल अोमियो

विशेषताEdit

यस हिमश्रृङ्खलाबाट हुँदै जाने पहाडहरूमा अङ्गुर खेतीको लागि उपयुक्त स्थानहरू रहेका छन्।[३] )

रेल मार्गEdit

 
काटोम्बामा रहेको एक प्राकृतिक रेल मार्ग जसले ससाना नजिकैको दूरीमा यात्रा गर्ने गर्दछ

प्रारम्भिक रेल मार्ग हुँदै जाने इञ्जिनियरहरू विशाल विभाजक हिमश्रृङ्खला कमसेकम समथल सतह वा उपयुक्त स्थानको खोजी गर्न र थोरैमात्र उकालो अोरालो भएको ठाउँ पत्ता लगाउन यही रेल मार्गबाट जाने गर्दथ्य। यो रेलमार्ग निम्नलिखित स्थानहरूबाट जान्छ:

सडक मार्गEdit

अष्ट्रेलियामा रहेका धेरै राजमार्गहरू जस्तै अल्पाइन मार्ग, विशाल अल्पाइन मार्ग, ह्युमे राजमार्ग, उत्तरी राजमार्ग, म्ल्बा राजमार्ग, मारोण्डाह राजमार्ग, सनरेसियन राजमार्ग, सङ्घीय राजमार्ग, विशाल पश्चिमी राजमार्ग, क्याप्रिकन राजमार्ग, क्युनिङ्घाम राजमार्ग, न्यू इङ्गल्याण्ड राजमार्ग, ब्रुक्सनर राजमार्ग, अोक्ले राजमार्ग, वार्रिगो राजमार्ग, वाटरफल मार्ग, थण्डरबोल्ट्स मार्ग, क्याल्डर राजमार्ग, पश्चिमी राजमार्ग, र मर्रे उपत्यका राजमार्ग यस हिमश्रृङ्खलाको प्रमुख राजमार्ग हुन्।

संरक्षित क्षेत्रहरूEdit

विशाल विभाजक हिमश्रृङ्खलमा पर्ने राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू यस प्रकारका छन्: [५][६]

को नजिकैबाट देखिएको, विशाल विभाजक हिमश्रृङ्खला

 
फिदरटप हिमालको चुचुरोबाट देखिएको दृश्य

इतिहासEdit

विशाल विभाजक हिमश्रृङ्खला ३०० मिलियन वर्ष अगाडि कार्बनी कल्पमा बनेको थियो। हालको दक्षिण अमेरिका र न्युजिल्याण्डसँग एकआपसमा ठोकिएर यसको उत्पत्ति भएको थियो। त्यसपछि यस हिमश्रृङ्खलाले महत्त्वपूर्ण विस्फोटनको अनुभव गरेको छ।

यो पनि हेर्नुहोस्Edit

सन्दर्भ सामग्रीहरूEdit

  1. Australia.gov, "Australian Rocks and Mountains", १५ जुलाई २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१२  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. स, जोन एच, कोलिन्स अस्ट्रेलियाली विश्वकोश, विलियम्स कोलिन्स लि, सिड्नी, १९८४, आइएसबिएन ०-००-२१७३१५-८
  3. क्लर्क, अोजेट (सन् २००२). नयू वाइन एटलस: रक्सी र रक्सी बनाउने उपयुक्त क्षेत्र. ह्युगटन मिफलिन हारकर्ट. प॰ 300. ISBN 0-15-100913-9. https://books.google.com/books?id=nSoxj_3e89MC. अन्तिम पहुँच मिति: १८ डिसेम्बर २०११. 
  4. "एनएसडब्ल्यू रेलमार्गमा उकालो र अोरालो", डब्ल्यूडब्ल्यूडब्ल्यूडट एनएसडब्लू रेल डटनेट, २३ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. मेलवे, संस्करण ३५ सन् २००८, नक्साहरू
  6. ब्रिसवे, संस्करण १, २००५

बाह्य सूत्रहरूEdit