विकिपिडिया:विकिपिडिया एसियाली महिना २०२२

मुख्य २०२२ २०१९ २०१८ २०१७ २०१६
विकिपिडिया एसियाली महिना २०२२

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो। यो सम्पादन-थन नोभेम्बर २०२२ भरि हुनेछ र यसको उद्देश्य नेपाली विकिपिडियामा नेपाल बाहेक एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ।

विकिपिडियाको एसियाली समुदायहरू बिचको मित्रताको प्रतीकको रूपमा, मापदण्ड पूरा गर्ने कम्तिमा लेखहरू सिर्जना गर्ने प्रत्येक सहभागीले विकिपिडिया एसियाली महिना प्रयोगकर्ता समूहबाट विशेष रूपमा डिजाइन गरिएको बार्नस्टार्स प्राप्त गर्नेछन्।

नियमहरू

छोटकरीमा: नोभेम्बर २०२२ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने

  • तपाईले नोभेम्बर १, २०२२ ०:०० देखि नोभेम्बर ३०, २०२२ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ।
  • लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ।
  • लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ।
  • लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ।
  • लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ।
  • लेखमा कुनै पनि विवाद हुन नहुने।
  • सूचीको लेख हुन नहुने।
  • लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ।
  • लेख सुचनामूलक हुनु पर्ने।
  • लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ। विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ। जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने।
  • आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ।
  • टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ।
  • तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ।
  • विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ। थप जानकारीको लागी प्रश्न तथा उत्तर हेर्नुहोस्।

आयोजकहरू

सहभागी बन्नुहोस्

तपाईले नोभेम्बर ३०, २०२२ २३:५९ (युटिसी) सम्म कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ।

लेख पेश गर्नुहोस्

एसियाली महिनाको लागि नेपाली विकिपिडियामा योगदान गर्नुभयो? कार्यक्रम र घटनाक्रम ड्यासबोर्ड उपकरण मार्फत आफ्नो योगदान पेश गर्नुहोस्, र लेख वार्ता पृष्ठहरूमा {{WAM talk 2022}} ढाँचा थप्नुहोस्।

अघिल्लो संस्करणहरू

उपयोगी कडीहरू

सम्बन्धन