प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

ढाँचा:फागुन २०७६

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७६ फागुन पहिलो सम्पादन गर्नुहोस्

नेटाली क्याट्रिन नाइडहर्ट-विलसन (जन्म: २७ मे १९८२) एक क्यानडेली-अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको मा कार्यरत छिन् जहाँ उनी नेटालिया नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्यूडब्ल्यूईमा दुईवटा च्याम्पियनसिप जितेकी छिन् जसमा उनी एक पटक डिभास विजेता र एकपटक स्म्याकडाउन महिला विजेता बनेकी छिन्।

नाइडहर्ट तेस्रो पुस्ताको पहिलो महिला कुस्ती खेलाडी हुन् र उनी हर्ट कुस्ती परिवारकी एक सदस्य पनि हुन्। उनले हर्ट परिवार अन्तर्गतका आफ्ना काकाहरू रोज र ब्रुस हर्टमार्फत कुस्तीको प्रशिक्षण लिएकी थिइन्। सन् २०००२००१ मा उनले म्याट्रेस कुस्ती शिक्षण केन्द्र गई आफ्नो कुस्ती खेललाई पदोन्नति गरेकी थिइन् भने उनले सन् २००३ मा स्ट्यामपेड रेस्लिङमा पर्दापण गरेकी थिइन्। सन् २००४ देखि २००५ सम्म नाइडहर्टले दुवै इङ्ल्यान्डजापानमा आयोजित विभिन्न कार्यक्रमहरूमा कुस्ती खेलेकी थिइन्। सन् २००५ जुनमा उनी पहिलो स्ट्यामपेड महिला प्यासिफिक विजेता बन्न सफल भएकी थिइन् र त्यसै गरि उनले सन् २००६ अक्टोबरमा सुपरगर्ल्स च्याम्पियनसिप पनि जितेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०७६ फागुन दोस्रो सम्पादन गर्नुहोस्

मार्सिडेस केस्ट्नर-भर्नाडो (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको मा कार्यरत छिन् जहाँ उनी सासा बेङ्क्स नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक बेइलीसँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्।

उनले सुरुवाती चरणमा स्वतन्त्र श्रृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक महिला विजेता र हाल बेइलीसँग एकपटक पहिलो महिला ट्याग टिम विजेता हुन्। (पूरा  पढ्नुहोस्...)

२०७६ फागुन तेस्रो सम्पादन गर्नुहोस्

पामेला रोज मार्टिनेज (जन्म: १५ जुन १९८९) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको मा कार्यरत छिन् जहाँ उनी बेइली नामले कुस्ती खेल्ने गर्छिन्। उनी हाल पहिलोपटक स्म्याकडाउन महिला विजेता हुन् र त्यसको साथसाथै उनी पूर्वी डब्ल्यूडब्ल्यूई महिला ट्याग टिम विजेता (सासा बेङ्क्ससँग), र महिला विजेता र एनएक्सटी महिला विजेता पनि बनेकी थिइन्। डब्ल्यूडब्ल्यूईमा आफ्नो कार्यकाल सुरुवात गर्नु भन्दा पूर्व मार्टिनेजले स्वतन्त्र सर्किटमा डेभिना रोजको नामले कुस्ती खेल्ने गर्थिन्। (पूरा  पढ्नुहोस्...)

२०७६ फागुन चौथौ सम्पादन गर्नुहोस्

एस्ली एलिजाबेथ फ्लेयर (जन्म:५ अप्रिल १९८६) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी, लेखिका र अभिनेत्री हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग आवद्ध छिन् जहाँ उनी स्म्याकडाउन ब्रान्डमा कार्यरत छिन्। उनी हाल सार्लेट फ्लेयर नामले कुस्ती खेल्ने गर्छिन्। उनी चर्चित कुस्ती खेलाडी रिक फ्लेयरकी छोरी हुन्।

सार्लेटले व्यवसायिक कुस्ती जीवनको सुरुवाती चरणमा आफ्नो बुबासँग वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा देखा परेकी थिइन् भने उनले सन् २०१२ देखि डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)