प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

ढाँचा:चैत २०७६

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७६ चैत पहिलो सम्पादन गर्नुहोस्

नउगाँ (बाङ्ला: নওগাঁ জেলা) बाङ्लादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा पर्दछ। नउगाँ सहर यस जिल्लाको प्रमुख सहर हो। यो जिल्ला २४°३२' देखि २५°२३' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पूर्व देशान्तरणमा अवस्थित छ। नउगाँ जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये ३४३५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तरबाट घेरेको छ भने यस जिल्ला दक्षिणमा राजशाहीनाटोर जिल्ला रहेका छन्। त्यस्तै गरि यस जिल्लाको पूर्वमा जयपुरहाट, बगुडानाटोर जिल्ला रहेका छन् भने पश्चिममा नवावगञ्ज जिल्ला रहेको छ। यस जिल्ला आत्राई, पुनर्भाह, जमुना, शिव, नगर आदि नदिहरू रहेका छन्। (पूरा  पढ्नुहोस्...)

२०७६ चैत दोस्रो सम्पादन गर्नुहोस्

उरिदू कतारी सेयरधनी कम्पनी (अरबी: أوريدو‎‎) पूर्व कुतल, एक अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो कतारमा दूरसञ्चार सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि हो। सन् २०१४ सम्म, यो देशको सबैभन्दा ठूलो सार्वजनिक कम्पनीहरू मध्ये एक हो जसमा १४,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनी सफलतापूर्वक विभिन्न वित्तीय बजारहरूमा सूचीकृत भएको छ जसमा यो दोहामा सन् १९९८, लन्डनमा १९९९, बहराइनमा सन् २००१ र अबु धाबीमा सन् २००२ मा सूचीत भएको थियो। क्यूटेलले सन् २००५ मा, खाडी सफल पुरस्कार र सन् २००६ मा खाडी आर्थिक पुरस्कार समेत जित्न सफल भएको थियो। यो संसारको सबैभन्दा ठूलो मोबाइल दूरसञ्चार कम्पनीहरु मध्ये एक हो, जसको सेप्टेम्बर २०१५ सम्ममा विश्वभरि ११५ मिलियन भन्दा बढी ग्राहकहरू रहेका थिए। यो सन् २००५ देखि छिटो वृद्धि हुने दूरसञ्चार कम्पनी पनि हो। कतारमा यस कम्पनी, विश्वको उत्कृष्ट दूरसञ्चार सेवा प्रदानका लागि व्यक्तिगत, संयुक्त र घरेलू ग्राहकहरूको छनौट बन्न सफल छ। उरिदूले ओमानमा उरिदू ओमान मार्फत सेवा पुर्‍याएको छ। यो १५औँ एसियाली खेलकुदको आयोजक समितिको मुख्य सदस्य पनि हो। १५औँ एसियाली खेलकुद दोहामा १ देखि १५ डिसेम्बर २००६ सम्म आयोजना गरिएको थियो र यसले कार्यक्रमको बेलामा विशेष रूपमा दूरसञ्चार सेवा प्रदान गरेको थियो। (पूरा  पढ्नुहोस्...)

२०७६ चैत तेस्रो सम्पादन गर्नुहोस्

एक सर्को माया जिएस पौडेलद्वारा लिखित एक नेपाली उपन्यास हो। यो उपन्यास वि.स. २०७५ साल वैशाख २९ गतेका दिनमा बुलबुल प्रकाशनद्वारा प्रकाशन गरिएको थियो। यस एक सर्को उपन्यास जिएस पौडेलको पहिलो उपन्यास सङ्ग्रह हो। यो उपन्यास लगातार नेपाली उपन्यास जगतमा प्रकाशित उपन्यासहरू भन्दा फरक धारमा रहेको छ। यस्तै यस उपन्यासको देशका विभिन्न ठाउँमा नेपाली साहित्यक प्रेमीहरूले समीक्षा गरेर उपन्यास उत्कृष्ट भएको भनि धरै ठाउँबाट धेरै जनाले सकारात्मक प्रतिक्रिया जनाएका थिए। जिएस पौडेल पहिलो कृति सार्वजनिक भएपछि उनी नेपाली साहित्यिक क्षेत्रमा र साहित्य प्रेमी माझ प्रख्यात बन्न पुगेका थिए। पौडेलले एक सर्को माया उपन्यासमा भ्रमको संसारभित्र वास्तविकता र वास्तविक भनिएका तथ्यहरूभित्र नीहित भ्रमसँग खेलेर एउटा लोभलाग्दो कथानक रचेका छन्। यो उपन्यास काठमाण्डौका विभिन्न स्थान र नवलपुरमा पनि विमोचन गरिएको थियो। यस उपन्यासमा प्रख्यात साहित्यकार कृष्ण धरावासीको भूमिका रहेको छ। (पूरा  पढ्नुहोस्...)


२०७६ चैत चौथौ सम्पादन गर्नुहोस्

लियाम जेम्स पेन (जन्म २९ अगस्ट १९९३) एक बेलायती गायक तथा सङ्गीतकार हुन्। उनी एक बेलायती साङ्गीतिक समूह वान डिरेक्सनको सदस्यको रूपमा चर्चित भएका थिए। उनले सन् २००८ मा बेलायती दूरदर्शन कार्यक्रम 'द एक्स फ्याक्टर'को लागि अडिसन दिएर आफूलाई पहिलो पटक एक गायकको रूपमा उभ्याएका थिए। एकल गायकको रूपमा उनी सो दूरदर्शन कार्यक्रमबाट बाहिरिए पछि, सन् २०१० मा उनले पुन: अडिसन दिएका थिए र चार सदस्यहरूका साथ एक साङ्गीतिक समूहको स्थापना गरिएको थियो जसको नाम वान डिरेक्सन राखिएको थियो। यस साङ्गीतिक समूहले त्यसपछि पाँच गिती सङ्गालो जारी गर्नुका साथै चार विश्व भ्रमण गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत जित्न सफल भएको थियो। पेनले अन्य केही निर्माताहरूसँग सहकार्य गरि गायिका सेरिल तथा आफ्नो साङ्गीतिक समूहका सदस्यहरूको सहायतामा गीतहरूलाई समायोजन गर्ने काम पनि गरेका थिए।

सन् २०१६ मा पेनले उत्तर अमेरिकामा रिपब्लिक रेकर्ड्ससँग एक रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए। मे २०१७ मा, पेनले स्ट्रिप द्‌याट डाउन नामक गीतलाई आफ्नो आगामी पहिलो गिती सङ्गालोबाट एकल गीतको रूपमा सार्वजनिक गरेका थिए। यो गीत बेलायती एकल चार्टमा तेस्रो स्थान र संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १००मा १०अौँ स्थानमा पुग्न सफल भएको थियोे। यससँगै यो गीत दुवै देशहरूमा प्लेटिनम प्रमाणित भएको थियोे। (पूरा  पढ्नुहोस्...)