विकिपिडिया:डेटाथन २०१७

गृह पृष्ठवार्तासहभागीहरूअफलाइन कार्यक्रमसम्पर्क तथा सहयोग
डेटाथन
Data-a-thon
डेटाथन-२०१७ को लोगो
आरम्भनोभेम्बर ३०, २०१७
समाप्तिनोभेम्बर ३०, २०१७
उद्घाटन२०१५
सहभागीहरूसहभागीहरू
आयोजनकर्ताविकिमिडियन्स अफ नेपाल

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ ।

विकिडेटाको सम्बन्धमा सम्पादन गर्नुहोस्

विकिडेटा एक अन्तरसञ्जालयुक्त डेटाबेस हो जसलाई मानिस तथा मेसिनले सँगसगै सम्पादन गर्न सक्दछन् । विकिडेटा एक स्वतन्त्र ज्ञान आधार हो जसलाई मानिस वा मेसिनले पढ्न वा सम्पादन गर्न सक्छन् । मिडिया (तस्वीर, चलचित्र तथा श्रव्यसामग्रीहरू)को लागि विकिमिडिया कमन्स भए जस्तै यो डेटा (तथ्याङ्क)का लागि हो । यसले अन्तर विकि सन्दर्भसामग्रीहरू तथा तथ्याङ्कीय जानकारीहरू जस्ता संरक्षित डेटा (तथ्याङ्क)को उपलब्धता र केन्द्रीकरणलाई सहज बनाउँछ । विकिडेटामा मिडियाविकि सफ्टवेयरले पहिचान गर्ने सबै भाषाका तथ्याङ्कहरू सङ्ग्रहित छन् ।

महत्वपूर्ण मितिहरू सम्पादन गर्नुहोस्

  • कार्यक्रम शुरू हुने मितिः ३० नोभेम्बर २०१७ (नेपाली समयानुसार बिहान १० बजे)
  • कार्यक्रम समाप्त हुने मितिः ३० नोभेम्बर २०१७ (नेपाली समयानुसार बेलुका १० बजे)
  • विजेता घोषित गरिने मितिः डिसेम्बर २०१७ को पहिलो साता

प्रतियोगिता अवधि भरी प्रतियोगिताको नियमानुसार सबैभन्दा बढी सम्पादन गर्ने ५ जना सहभागीलाई एक-एक टिसर्टका साथै प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्बन्धी नियमहरू सम्पादन गर्नुहोस्

  • यस प्रतियोगितामा सहभागिता जनाउनका लागि सहभागीले प्रयोगकर्ता खाता खोली आवेदन फारम भर्नु पर्नेछ ।
  • आयोजक समूहमा रहेको व्यक्तिहरूले यस प्रतियोगितमा सहभागी हुन पाउने छैनन् वा आयोजक समूहमा रहेका व्यक्तिको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैनन् ।
  • सहभागीबाट प्रतियोगिताको शुरू भए पश्चातको सम्पादनलाई मात्र प्रतियोगितमा सामेल गरिनेछ र प्रतियोगिता सम्पन्न मिति पश्चात गरिएको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैनन् ।
  • विकिडेटामा पहिले देखि रहेका पृष्ठमा संरक्षित सूचनाहरू गलत भएको खण्डमा गरिएको सुधारलाई पनि सम्पादन मानिनेछ ।

कसरी सम्पादन वा योगदान गर्ने? सम्पादन गर्नुहोस्

सर्वप्रथम प्रतियोगिताको लागि आफ्नो सहभागिता जनाउनुहोस् त्यसपछि विकिडेटाको गृह पृष्ठमा जानुहोस् । लग इन गर्नुहोस् त्यसपछि नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको बारेमा विकिडेटामा पृष्ठ भए नभएको खोजी गर्नुहोस् । विकिडेटामा पृष्ठ पहिलै देखि रहेको छ भने त्यसमा जानकारी थप्नुहोस् (सहयोगको लागि तल हेर्नुहोस्)यदि पृष्ठ छैन भने नयाँ पृष्ठ सृजना गर्नुहोस् । थप जानकारीको लागि विकिडेटाको भ्रमण गर्नुहोस् ।

विकिडेटामा डिस्क्रिप्सन, लेबल र स्टेटमेन्ट कसरी थप्ने? सम्पादन गर्नुहोस्

कदम १ सम्पादन गर्नुहोस्

विकिडेटामा सम्पदान सहज गर्न आफ्नो Preferences (प्राथमिकता)मा रहेको Gadgets (उपकरणहरू) खण्डमा क्लिक गरि त्यहाँ रहेका सबै उपकरणहरू सक्षम गर्नुहोस् ।

alt1
प्रयोगकर्ताको प्राथमिकताहरू (Preferences)
alt2
प्राथमिकता भित्र रहेको उपकरण खण्ड (Gadgets)
विकिडेटा सम्पादन सहयोग- कदम १

कदम २ सम्पादन गर्नुहोस्

अब विकिडेटामा सो लेख सम्बन्धी लेबल (Label) र विवरण (Description) राख्न सर्वप्रथम उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस लेबल (Label) मा लेखको नाम र विवरण (Description) मा लेखसँग सम्बन्धित जानकारी राखेर त्यसलाई सङ्ग्रह गर्नुहोस ।

alt1
उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस्
alt2
विकिडेटामा विवरण, लेबल कसरी थप्ने
विकिडेटा सम्पादन सहयोग- कदम २

कदम ३ सम्पादन गर्नुहोस्

अब सो पृष्ठमा स्टेटमेन्ट (Statements) थप्न उक्त लेखको तलतिर रहेको एड "add" मा क्लिक गर्नुहोस ।

alt1
विकिडेटामा स्टेटमेन्ट थप्न एड "add" मा क्लिक गर्नुहोस्
विकिडेटा सम्पादन सहयोग- कदम ३

कदम ४ सम्पादन गर्नुहोस्

उक्त लेखमा कुन स्टेटमेन्ट थप गर्ने हो सो छान्नुहोस् तथा सो सँग सम्बन्धित जानकारी थप गर्नुहोस् । उदाहरण : लेखसँग सम्बन्धित नागरिक थप गर्नुपर्ने भएमा स्टेटमेन्टमा "country of citizenship" छानी सम्बन्धित जानकारी राखेर सङ्ग्रह गर्नुहोस् ।

alt1
विकिडेटामा स्टेटमेन्ट थप्न छान्नुहोस्
विकिडेटा सम्पादन सहयोग- कदम ४

कदम ५ सम्पादन गर्नुहोस्

चित्रमा देखाए अनुसार Nepalमा क्लिक गरी सङ्ग्रह (save)मा क्लिक गर्नुहोस् ।

alt1
विकिडेटामा स्टेटमेन्ट थप्न छान्नुहोस्
विकिडेटा सम्पादन सहयोग- कदम ५

बाह्य स्रोत तथा सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. डेटाथनमा के गर्ने ?
  2. डेटाथनमा के गर्ने ? II
  3. डेटाथनमा के गर्ने ? III
  4. विकिडेटाबारे सबै जानकारी रहेको भिडियो