@हिमाल सुबेदी: तपाईंले पृष्ठबाट ट्याग किन हटाउनुभयो? ट्याग हटाउनु अघि लेख अनुवाद गर्नुहोस्। उद्धरणहरू अझै बङ्गालीमा छन्। यो नेपाली विकीपीडिया हो, बङ्गाली होइन।--Saroj Uprety (कुरा गर्ने) २१:३३, १३ अगस्त २०२० (नेपाली समय)

@हिमाल सुबेदी: विकिपिडियामा मनपरि गर्न पाइन्छ। पुरस्कार पृष्ठ निर्माण गर्ने अनि फेरि त्यसलाई फेरि मुख्य पृष्ठमा पठाउने? पुरस्कार पृष्ठ मुख्य पृष्ठ धेरै लामो नहोस् भनेर निर्माण गरिन्छ तर यहाँ त अङ्ग्रेजीभन्दा लामो पृष्ठ छ जस्तो देखिन्छ। अङ्ग्रेजी तथा बङ्गाली दुवैमा पुरस्कार खण्डलाई छुट्याएर राखिएको छ तर नेपालीमा किन जोडिएको? पृष्ठलाई लामो पृष्ठको पहिलो स्थानमा ल्याउन यस्तो गैर कार्य किन गरिएको होला? कृपया en:Wikipedia:Splitting पढ्नुहोस्। तपाईंले कोरोना भाइरस पृष्ठबाट पनि तथ्यांक हटाएको देखिन्छ जुन एकदम अनैतिक कार्य हो। थोरै अङ्ग्रेजी हुँदा केहि हुँदैन। पाठकले सोही तथ्यांक हेर्न खोज्दा नभेटेपछि फर्केर अङ्ग्रेजी विकिपिडियामा हेर्न जानेछन्। मैले उक्त लेखमा एकदम थोरैमात्र अङ्ग्रेजी लेखिएको देखें। नम्बरलाई तपाईं स्वयम् सुधार गर्नसक्नुहुन्थ्यो नकि अर्काको योगदान हटाउन कोसिस गर्नुभयो।--Saroj Uprety (कुरा गर्ने) १५:४१, २० अगस्त २०२० (नेपाली समय)
"शाकिब खान" पृष्ठमा फर्कनुहोस्।