वार्तालाप:योसिप ब्रोज तितो

(वार्तालाप:जोसिप ब्रोज टिटोबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: "३ वर्ष अघि" Saroj Upretyद्वारा लेखिएको थियो

सिरिलिय लिपिमा लेखिने तमाम भाषाहरूमा ट को उच्चारण हुँदैन। यो पृष्ठ सामग्री अनुवादबाट सृजना गरिएको थियो, सामग्री अनुवादले शीर्षक मिलाउछ भनेर १००% नै सुनिश्चित गर्न सक्दैन। यसको मुल शीर्षक यस प्रकार छ, Јосип Броз Тито, जसको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार jǒsip brôːz हुन्छ भने j को उच्चारण ज नभइकन य हुन्छ, थप स्पस्टिकरण, तसर्थ यसको सही शीर्षक योसिप ब्रोज तितो हुन्छ र सोही अनुसार शीर्षक परिवर्तन गर्नेमा सिफारिस गर्दछु।पर्वत सुबेदी (कुरा गर्ने) १७:१२, २७ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

हालको शीर्षक सहि छ त्यसैले यस पृष्ठलाई सार्न आवश्यक पर्दैन।- Saroj Uprety (कुरा गर्ने) १७:१६, २७ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्
लगभग धेरै पृष्ठहरूमा अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाका चिन्हहरू दिएको हुन्छ जसले गर्दा मानक उच्चारण लिन सकिन्छ जसको उपेक्षा गर्दा धेरै शीर्षक बिग्रिसकेका छन्। उदाहरण स्पेनीमा James = हामेस हुन्छ भने फ्रान्सेलीमा H को उच्चारण अ हुन्छ। माथि दिइएको बुँदा अध्ययन गर्दा यसको शीर्षक अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार गलत रहेको थाह हुन्छ। तसर्थ शीर्षक परिवर्तन गर्नु जरुरी देखिन्छ। तर हालको शीर्षक सहिको भन्ने दावी कसरी गरिएको हो भन्ने बारे बुझ्न सकिएन। हिमाल सुबेदी (कुरा गर्ने) १६:१७, १ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
हालको शीर्षक कहाँबाट आयो त्यसले फरक पार्दैन। यदि जेम्सलाई 'हामेस' को रूपमा लेखिएको छ भने के हामी जेम्स वाटलाई 'हामेस वाट' भनेर बोलाउन थाल्नु पर्छ? यसबाहेक उही शीर्षक हिन्दी विकिपीडियामा पनि लेखिएको छ। यस्तो बेकारको कुरा गर्नुको सट्टा तपाई दुबैलाई यो जान्नुपर्दछ कि अवस्थित लेखलाई बिभिन्न नामको साथ सिर्जना गरेर मूल रिडाइरेक्ट गर्न विकिपिडियामा अनुमति छैन। र अन्तमा हामी स्पेनिश वा फ्रान्सेली गर्दैनौं, हामी अंग्रेजी शीर्षक हेर्छौं।- Saroj Uprety (कुरा गर्ने) १६:४५, १ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"योसिप ब्रोज तितो" पृष्ठमा फर्कनुहोस्।