वार्तालाप:इस्लामाबाद

(वार्तालाप:इस्लामआबादबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: "३ वर्ष अघि" Biplab Anandद्वारा लेखिएको थियो
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियोबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०७, ६ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


पृष्ठ सार्न अनुरोध →१६ जुन २०२० सम्पादन गर्नुहोस्

इस्लामआबादइस्लामाबादइस्लामाबाद शब्द दुई शब्द इस्लामआबाद बीचमा समासद्वारा बनेको समस्त शब्द हो। र सोही समास क्रियाबाट बनेको शब्द इस्लामाबादलाई नै नेपाली भाषामा इस्लामआबाद जनाउन प्रयोग गरिन्छ। यसर्थ व्याकरणिक तवरबाट पनि सही र आमबोलीचालीमा समेत रहेको नाम इस्लामाबाद नै यस लेखको उपयुक्त शीर्षक हो।--Nirajan pant (कुरा गर्ने) ०९:५७, १६ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

इस्लाम र आबाद समासद्वारा इस्लामाबाद भएको होइन। म मान्छु कि हिम + आलय = हिमआलय नभई हिमालय हुन्छ, यस्तो किन हुन्छ भने नेपाली भाषामा समासको एक छुट्टै पहिचान र विशेषता छ। तर, संसारका सबै भाषाहरूको समास गर्नु हुँदैन। मुल भाषा अनुसार, हिम र आलय जोडेर हिमआलय हाम्रोमा छैन र आज सम्म सुनेको पनि छैन। (اسلام آباد)

ا =इ, س= स, لا= ला, م=म, آ =आ, با = बा, د= द तर (اسلاماباد =इस्लामाबाद) भने आजसम्म मैले भेटाएको छैन। गलत शीर्षकको पनि प्रयोग भएका कारण इस्लामाबादमा पनि यस पृष्ठ अनुप्रेषित छ र सजिलै पहुँचयोग्य छ। आबाद खाले पाकिस्तानमा धेरै छन् उदाहरण (एबट्आबाद, फयसलआबाद, मुजफ्फरआबाद,हयदरआबाद, नसिरआबाद, जअफरआबाद आदि अझै धेरै छन्) पर्वत सुबेदी (कुरा गर्ने) १४:४०, १६ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

+ [उर्दु विकिपिडियन] अहमद निसार, for more clarity on this subject. The ongoing discussion is about, to move an article इस्लामआबाद to इस्लामाबाद. Please make us clear that which article title is correct by adding your valuable comment on this discussion. Thanks --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:००, १६ जुन २०२० (नेपाली समय) [(अङ्ग्रेजी लेख्नुपर्ने आवश्यकता भएकोले लेखिएको जानकारी गराउन चाहन्छु।)]जवाफ दिनुहोस्
उर्दु विकिपिडियाका प्रबन्धक Arif80sसँग गरेको उर्दू भाषाको संवादमा उहाँले इस्लामआबाद नै सहि हिज्जे रहेको बताउनु भएको छ। उहाँलाई मैले सोधेको थिए (اسلاماباد = इस्लामाबाद) वा (اسلام آباد = इस्लामआबाद) कुन सहि र यथार्थ हो, यसको प्रति उत्तरमा उहाँले (اسلام آباد = इस्लामआबाद) सही रहेको बताउनु भएको थियो। पर्वत सुबेदी (कुरा गर्ने) १९:४८, १८ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्
हरेक भाषामा शब्दोत्पत्ति र समासको आ-आफ्नै रीति हुन्छ। त्यस्तै आगन्तुक शब्द आउँदा वा ल्याउँदा त्यसमा हुने परिवर्तनको आफ्नै रीति छ। त्यो भाषामा त यस्तो हुन्छ नेपालीमा पनि यस्तै हुनुपर्छ भन्ने भनाईले ती शब्दमा नेपालीपन र मौलिक बोली अनुसारको शैली आउँदैन। नेपाली वक्ताले इस्लामआबाद शब्दलाई छुट्याएर भन्दैन तसर्थ यहाँ समासबाट ‌+ जोडिन गई मा बन्दछ। यो समासको पद्दति उर्दू भाषामा हुन्छ भन्ने छैन्। तसर्थ यो नेपाली भाषाको वैयाकरणिक दृष्टिकोणले सही छ। र नेपाली विकिपिडियाको लागि इस्लामाबाद नै यसको सही शीर्षक हो।--Nirajan pant (कुरा गर्ने) २१:३१, १९ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्
मैले उर्दू प्रबन्धकलाई प्रमाणको लागि यहाँ आएर लेख्नका लागि आह्वान गरेको थिए र यसको जवाफमा उहाँले यस्तो लेख्नु भएको छ। ثبوت کی کیا ضرورت ہے؟ آپ اسلام آباد کو درست سمجھیے۔ اگر کسی کو صارف کو یقین نہ آئے تو اسے میری یہاں کی گئی گفتگو کا حوالہ دے سکتے ہیں۔ شکریہ [सोझो लिप्यन्तरण— शबुत की क्या जरूरत हे? आप इस्लामआबाद के दुरुस्त सम्झिए - अगर किसीको सारिफको यकिन नही आया तो एसे मेरी यहा कि गया गुफ्तुगुका हवाला दे सकते हे। शुकरीया] यसको अनुवादित अंश यहाँ छ, कुन प्रमाण तपाईलाई चाहियो? तपाईलाई लाग्छ इस्लामआबाद सही छ। यदि कोहीले प्रयोगकर्तालाई यो कुरामा विश्वास गर्दैन भने, तिनीहरूले मेरो वार्तालाप पृष्ठमा जान भन्दिनु धन्यबाद। - मुहम्मद आरिफ -- पर्वत सुबेदी (कुरा गर्ने) ०७:५०, २० जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

──────────────────────────────────────────────────────────────────────────────────────────────────── Krish Dulal, Nirmal Dulal, Nirjal stha, Nabin K. Sapkota ज्यू, जारी छलफलमा आफ्नो मत राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:४९, २० जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

नेपाली भाषा, सरकारी दस्तावेजहरू तथा प्रमुख पत्रपत्रिकाहरूमा इस्लामाबादको प्रयोग हुने गरेको छ । नेपाल विकिपिडियामा हामीले अन्य देशहरूका भाषा अनुसार शीर्षक परिवर्तन गर्नु भन्दा नेपाली व्याकरण अनुसार के शब्द हुनु पर्दछ तथा नेपाली भाषामा कुन शीर्षक प्रचलन रहेको छ भन्ने कुरालाई मनन गर्नु उपयुक्त हुने देख्दछु । nShrestha १८:५९, १ जुलाई २०२० (नेपाली समय)
माथि मैले यो किन जोडिन्न भनेर भनिसकेको छु जसलाई उर्दू विकिपिडियाको प्रबन्धकले पुष्टि गरिसक्नु भएको छ। आवश्यक खण्डमा उच्चारण पनि उपलब्ध हुन्छ। यो एउटा विषय होइन, लगभग १००० वटा जति शीर्षकहरू आबाद खाले छन्। उदाहरण: एबटआबाद, सअद लिमुजर्रद आदी लगभग १००० भन्दा बढी इरान, अफगानस्तान, इराक, पाकिस्तान नजोडिने बिषयहरू प्रशस्तै छन्। एउटा चर्चितलाई जोड्नाले अरूको उपेक्षा हुँने हुँदा आधिकारिक अनुसार नजोडिकन, आबाद राख्नुपर्छ जुन एकदमै मानक उच्चारण हो, अब थप छलफल आवश्यक छैन।पर्वत सुबेदी (कुरा गर्ने) २०:२३, १ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
नेपाली भाषामा के चलनचल्तीमा छ र शब्दको मूल रूपको कस्तो स्वरूप स्वीकार्य छ त्यो महत्वपूर्ण हुन्छ। नेपाली भाषामा प्रचलनमा नरहेको इस्लामआबाद शब्द नेपाली विकिपिडियाको लेखको लागि स्वीकार्य छैन्। उर्दू भाषाको कुरा गर्नु हुन्छ भने त्यहाँ "इस्लाम आबाद" दुई भिन्न शब्दको रूपमा लेखिन्छ। यसै गरी तपाईँले उल्लेख गर्नु भएका नामहरूको हकमा पनि हुन्छ। --Nirajan pant (कुरा गर्ने) २०:४०, १ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
I am a Pakistani Wikipedian. I want to just confirm that the actual name of the Pakistan's capital is "Islam" "Abad", which is consists of two words i.e. Islam & Abad. Please make corrections accordingly.— यो अहस्ताक्षरित टिप्पणी: ساجد امجد ساجدले (वार्तायोगदान)२२:५७, २ जुलाई २०२० (नेप्रस)मा गर्नुभएको हो।
Well, when a native vouchsafes the veracity, I guess acceptance is perhaps the only thing we can exhibit in our demeanor. --Hindustanilanguage (कुरा गर्ने) १४:३५, ३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
सर्बप्रथम त विकिपिडिया कुनै भाषा सम्बन्धि निर्णय र निर्धारण गर्ने सङ्गठन हैन भन्ने कुरा विकिमिडियन साथीहरूलाई थाहै होला। त्यस्तै नेपाली भाषाको सम्बन्धमा निर्णय गर्ने अधिकार हामी मध्य कुनै विकिमिडियन अथवा विदेशी भाषाका विकिमिडियन वा भाषाविदहरूलाई प्राप्त छ जस्तो लाग्दैन। नेपालको राजधानी काठमाडौँ लाई पनि अन्य भाषामा Kathmandu / काठमाण्डु लेखिएको पाइन्छ (यो उनीहरूको भाषा सम्बन्धि अधिकारकोकुरा हो)। त्यस्तै अङ्ग्रेजी शब्द Glass लाई नेपाली भाषामा गिलास लेखिन्छ। यसकारण हामीले इस्लामाबाद को सम्बन्धमा प्रयोगकर्ता: निर्जल श्रेष्ठले उल्लेख गरे जस्तै नेपाली भाषा, सरकारी दस्तावेजहरू तथा प्रमुख पत्रपत्रिकाहरूमा उल्लेख हुने गरेको शब्द इस्लामाबाद नै प्रयोग गर्न उपयुक्त देखिन्छ (उदाहरणको लागि यहाँयहाँ हेर्नुहोस्)। यदी कोही विकिमिडियन साथीहरूलाई भाषा सम्बन्धी समस्या भएमा नेपालीको भाषा सम्बन्धी निर्णय गर्ने आधिकारिक सङ्गठनसँग छलफल तथा समन्वय गरी नेपालको राजपत्रमा प्रकाशित गराउनु होला। त्यस पछि विकिपिडियामा पनि स्वत: परिवर्तन हुनेछ। अन्यथा विकिपिडिया भाषा सम्बन्धि अनावश्यक विवाद सिर्जना नगर्नु होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:४९, ५ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"इस्लामाबाद" पृष्ठमा फर्कनुहोस्।