वसन्त थापा

नेपाली फुटबल खेलाडी

वसन्त थापा (जन्म वि.स.२०३४,बुटवल) एक नेपाली पुर्व फुटबल खेलाडी हुन् । उनी नेपाली फुटबल जगत तथा राष्ट्रिय फुटबल टिमको समेत एक चर्चित र उत्कृष्ट फुटबल खेलाडी हुन् । उनले आफ्नो धेरै समय नेपाली उत्कृष्ट फुटबल क्लब मनाङ मर्स्याङ्दि क्लबलाई दिएका थिए । उनलाई नेपाली फुटबलमा बुटवलको हिरो उपनामले पनि चिनिने गर्द छन् ।

वसन्त थापा
व्यक्तिगत जानकारी
पुरा नाम वसन्त थापा
जन्म स्थान बुटवल जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) स्ट्राइकर
युवा करियर
गोर्खा ब्वाइज क्लब,बुटवल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
रूपन्देही ११
२०५४-२०५५ आरसीटि क्लब
२०५६-२०६५ मनाङ-मर्स्याङ्दी क्लब (९०+)
२०००-२००१ ब्रदर्श युनाइटेड क्लब
२००१ रहमदगन्ज क्लब
अन्तर्राष्ट्रिय करियर
१९९८-२००६  नेपाल २७ (७)
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

रूपन्देही जिल्लाको बुटवलमा पिता रामबहादुर थापा र आमा माया थापाको पहिलो सन्तानका रूपमा वसन्त थापाको जन्म वि.स. २०३४ सालमा भएको थियो । सानैदेखि फुटबलमा रुचि राख्ने र फुटबलका लगाब भएका वसन्तले सानै उमेरदेखि फुटबल खेल्दै आएका थिए ।

क्लब जीवन सम्पादन गर्नुहोस्

वसन्त थापाको क्लब जीवनको सुरूवाट आफ्नै गृह जिल्लाको युथ क्लब गोर्खा ब्वाइज क्लबबाट भएको थियो ।

रूपन्देही ११ सम्पादन गर्नुहोस्

वसन्त थापाको पहिलो आधिकारिक फुटबल क्लब रूपन्देही ११ थियो । उनले उक्त क्लबबाट घरेलु फुटबल प्रतियोगिताहरू खेल्दा उत्कृष्ट खेल प्रदर्शनी गरेका थिए ।

आरसिटी क्लब सम्पादन गर्नुहोस्

रूपन्देही जिल्लाबाट खुकुरी गोल्डकप प्रतियोगिता खेल्दा आरसिटी क्लबका तत्कालीन प्रशिक्षक बैजू कपालीले उनको खेल मन पराएर उनलाई वि.स.२०५४ सालमा उक्त क्लबमा अनुबन्ध गरेका थिए ।

उनले २०५४ सालमा बुटवलमा सम्पन्न दोस्रो खुकुरी गोल्डकपमा हाई स्कोरर भई नगद रू. १० हजार प्राप्त गरेका थिए, भने क्लबलाई खुकुरी कपको उपाधि तथा नगद रू.२ लाख पनि जिताएका थिए ।

मनाङ-मर्स्याङ्दी क्लब सम्पादन गर्नुहोस्

उनी वि.स. २०५५ सालमा मनाङ-मर्स्याङ्दी क्लबमा अनुबन्धित भएका थिए[१] । २०५६ सालको शुभजन्मोत्सव कपको सेमिफाइनलमा आफ्नो पुर्व टिम आरसीटि क्लब विरूद्व एक्लैले ५ गोल गरेका थिए, साथै उनी उक्त प्रतियोगिताका उच्च गोलकर्ताको पुरस्कारबाट सम्मानित भएका थिए, भने क्लबलाई तेस्रोपटक यो उपाधि जिताउन उनले अब्बल स्तरको खेल प्रदर्शनी गरेका थिए ।तत्कालीन समयमा मनाङबाट उनी १० नम्बरको जर्जीमा मैदान उत्रदा विपक्ष टिमका खेलाडीहरू झस्कने गर्दथे ।

मनाङबाट खेल्दा उनी नेपाली फुटबलमा गोल मेसिनकै रूपमा स्थापित भएका थिए । उनी २०५७ को सिजन देखि मनाङबाट राष्ट्रिय लिग खेल्न सुरू गरेका थिए । मनाङले २०५७ तथा २०६० मा राष्ट्रिय लिग जित्दा उनको योगदान महत्त्वपूर्ण रहेको थियो । उनले राष्ट्रिय लिगमा ९५ भन्दा बढि गोल गरेका थिए ।

अन्य विदेशी क्लबहरू सम्पादन गर्नुहोस्

विदेशी क्लबको हकमा उनी सन् २००० तिर बङ्गलादेशको ए डिभिजन क्लब ब्रदर्श युनाइटेड क्लबमा प्रतिमहिना १,१००० अमेरिकी डलरका सर्तमा अनुबन्धित भएका थिए । त्यहाँ उनले दुई सिजन बिताएका थिए ।

यस्तै २००२ को सिजन अर्को बङ्गाली क्लब रहमदन्ज क्लमा प्रति महिना १,५०० अमेरिकी डलरका सर्तमा अनुबन्धित भएका थिए ।

अन्तर्राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

वसन्त थापा एक नेपाली अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् । उनले सन् १९९९ मा काठमाडौंमा भएको आठौँ साफ गेममा भुटान विरूद्व पहिलो अन्तर्राष्ट्रिय खेलमा गोल गरेका थिए ।भने उनले भुटान विरूद्व कुल ३,मकाउ विरूद्व २ तथा भारत विरूद्व १ गरी नेपालका निम्ति जम्मा कुल ६ गोल गरेका थिए ।

उनी अध्यायनका क्रममा प्राय समय जापान रहने हुदा उनको खाचोलाई महसुस गरी सन् २००६ मा पाकिस्तानको कराँचीमा आयोजना भएको चौथो साफ च्याम्पियनसिपमा उनलाई जापानबाट बोलाइएको थियो । उक्त प्रतियोगितामा उनले लिग चरणको खेलमा भारत विरूद्व १ गोल गर्न समेत सफल भएका थिए ।

अन्तर्राष्ट्रिय विवरण सम्पादन गर्नुहोस्

अद्यावधिक वि.स. २०७६[२]
नेपाली राष्ट्रिय टिम
वर्ष खेल गोल
1998 - -
1999 - -
2000 - -
2001 6 2
2003 11 0
2005 3 0
2006 4 1
जम्मा 24 5

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

  • वसन्त थापाले नेपालका निम्ति गरेका गोलहरू (जहाँ फिफा मान्यता प्राप्त गोल समेत सहभागी छन्)
गोल नं वर्ष स्थान विपक्ष प्रतियोगिता
१./२. १९९९ काठमाडौ ,नेपाल   भुटान आठौँ साफ खेलकुद
३. २००१ कुवेत   भुटान १२औं एरिया कप छनोट
४. २००१ इराक,बगदाद   मकाउ विश्वकप छनोट चरण
५. २००१ ताजक्स्थान,आल्माटिया   मकाउ विश्वकप छनोट चरण
७. २००५ पाकिस्तान   भुटान साफ च्याम्पियनसिप[३]
८. २००७ पाकिस्तान,कराँची   भारत साफ च्याम्पियनसिप

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागीता सम्पादन गर्नुहोस्

वसन्त थापाले सहभागीता जनएका विभिन्न राष्ट्र स्तरीय तथा क्लब स्तरिय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू

  • गभर्नर गोल्डकप(सिक्किम):१९९७-९८
  • यु-१६ एसिया कप छनोट:१९९८
  • एसियन गेम(बैङ्कक):१९९८
  • डुरान कप(दिल्ली):१९९९
  • आठौँ साफ गेम(काठमाडौ):१९९९
  • एसियन कप छनोट चरण(कुवेत):२०००
  • विश्वकप छनोट चरण:२००१
  • चौथो साफ च्याम्पियनसिप:२००६
  • एएफसी च्यालेन्ज कप:२००६

राष्ट्रिय लिग रेकर्ड सम्पादन गर्नुहोस्

  • नेपाली राष्ट्रिय लिगमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी
  • नेपाली राष्ट्रिय लिगका उच्च गोलकर्ता

सम्मान तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

  • खुकुरी गोल्डकप उच्च गोलकर्ता:२०५४
  • शुभजन्मोत्सव कप उच्च गोलकर्ता:२०५६
  • नेपाल डट कम डट उत्कृष्ट खेलाडी:२०६१
  • शहिद स्मारक लिग उच्च गोलकर्ता:२०६०(१९),२०६१(२०)
  • शहिद स्मारक लिग उत्कृष्ट खेलाडी:२०६१

उपाधिहरू सम्पादन गर्नुहोस्

आरसीटीि क्लब
मनाङ-मर्स्याङ्दी क्लब

खेल्ने शैली सम्पादन गर्नुहोस्

वसन्त एक लगनशील ,अनुशासित तथा मेहनति फुटबल खेलाडी थिए । उनले बललाई निकै वेगमा कुदाउन सक्दथे । भने ड्रिब्लिङ गर्दै सुन्दर पास निकाल्न तथा गोल गर्न खपिस थिए । उनको हेडिङ पनि उत्कृष्ट थियो,उने हेडिङ बल अचुक निसाना सहितको पोस्ट आक्रमण उनको वास्तविक परिचय हुन् । उनले हतपत बल नहिर्काउने र यदि बल हिर्काएमा किपरलाई त्यो बल समाउन निकै कठिन पर्दथ्यो ।

पारिवारिक जीवन सम्पादन गर्नुहोस्

२०६२ साल मंसिरमा २८ वर्षको उमेरमा आफू भन्दा ६ वर्ष कान्छी तेह्रथुमकी विन्दु लिम्बू सँग विवाह गरेका थिए । उनी आफ्नो फुटबल जीवन कार्यकाल तथा फुटबल कार्यकाल पछि परिवार सहित जापानमा रहदै आएका छन् ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्