वर्षमान पुन नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राजनीति गरिरहेका पुन संविधानसभा निर्वाचन २०७०मा मोरङ क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसका डिग बहादुर लिम्बुसँग पराजित भए।[२] उनी २०६७ माघ २३ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।[१] त्यस्तै २०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भए ।

वर्षमान पुन
अनन्त
हिमालय टेलिभिजनको एक कार्यक्रममा
माननीय शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाल
कार्यकाल
२०६७ फागुन – २०६८ बैशाख[१]
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीझलनाथ खनाल
पूर्वाधिकारीरकम चेम्जोङ
अर्थ मन्त्रालय
कार्यकाल
२०६८ भाद्र १८ – २०६९ चैत्र १
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीबाबुराम भट्टराई
पूर्वाधिकारीभरतमोहन अधिकारी
उतराधिकारीशंकरप्रसाद कोइराला
उर्जा, जलस्रोत एवम् सिंचाई मन्त्रालय, नेपाल
पद बहाली
२०७५ चैत्र २
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीमहेन्द्र बहादुर शाही

बाल्यकाल सम्पादन गर्नुहोस्

वर्षमान पुन रोल्पा जिल्लाको जङ्कोट गाविसको वडा नम्बर १ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मिएका हुन् । रोल्पाको सुन्दर गाउँ माडीचौर, जसलाई स्थानीय खाम (मगर) भाषामा माण्डिबाङले चिनिन्छ । हाल रोल्पा नगरपालिका–७ मा पर्छ । राप्तीको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा पुनको जन्म भएको हो ।

इर्खराम पुन र तिर्थमाली पुनको दोस्रो सन्तान वर्षमानको जन्म २०२८ साल जेठ १८ गते भएको थियो । राजनीतिक जीवनमा सहयात्री बनेकी ओनसरी घर्ती उनकी जीवनसाथी हुन् ।

शिक्षा सम्पादन गर्नुहोस्

पुन कानुनमा स्नातक हुन् । साविक जंकोट गाविस–१ माडीचौरमा त्यतिबेला स्कूल थिएन । पुन पाँच वर्ष पुगेपछि एक घन्टा टाढाको प्राथमिक विद्यालयमा भर्ना भए । पहिलो दिन उनी खाली खुट्टा स्कुल पुगेका थिए, पसिना पुच्दै ।

पहिलो दिन उनले ‘धेरै पढ्नु र ठूलो मान्छे बन्नु’ भन्ने ठूलावडाको आशिर्वाद सम्झिए । जीवनबारे बाल मस्तिष्कमा कुनै छाप थिएन । पढाइमा अब्बल उनी एक कक्षामा प्रथम भए । दुई कक्षामा उनी कोटगाउँको निम्न माध्यामिक विद्यालयमा भर्ना भए । कक्षा सातसम्म त्यहीँ पढे ।

१३ वर्ष हुँदा (२०४१ साल) मा माध्यामिक तहको अध्ययन गर्न पुनले घर छोडे । सदरमुकाम लिवाङको बालकल्याण माविमा भर्ना भए । त्यहाँ उनलाई एक्कासी राजनीतिको हावाले समात्यो ।

पुन ३६ जना विद्यार्थीसँग होस्टेलमा बस्थे । अलग पार्टीको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’, कुलप्रसाद केसी उनका सहपाठी हुन् । पुनले पढेको विद्यालय कम्युनिष्ट राजनीतिमा स्थापित व्यक्तिहरूको पाठशाला पनि हो ।

सभामुख कृष्णबहादुर महरा त्यही विद्यालयका असल शिक्षक थिए । उनले गणित र विज्ञान पढाउँथे । तत्कालीन माओवादी द्वन्द्वकालमा ‘बुर्जुवा’ शिक्षा नाम दिए पनि दलका सबै नेताको धरातल त्यही शिक्षाले बनाएको थियो । बुर्जुवा शिक्षाकै आडमा ज्ञान हासिल गरेर उनीहरू युद्ध र त्यसको नेतृत्व गर्न लायक भएका थिए ।

महरा पुनका शिक्षा र राजनीतिक गुरु हुन् । उनी सम्झिन्छन्– ‘महरा मेरो शैक्षिक र राजनीतिक गुरु हुनुहुन्छ । महराले दर्जनौं नेता तथा कार्यकर्तालाई पढाए । र, युद्ध गर्न सिकाए । सदरमुकाम लिवाङ त्यतिबेला शिक्षा र राजनीतिको केन्द्र थियो ।

२०४४ सालमा एलएलसी पास गरेका पुन थप शिक्षा आर्जन गर्न दाङ झरे । सामाजिक र राजनीतिप्रति सचेत उनले समाजको असमानता नजिकबाट नियालेका थिए । समाजका उत्पीडन, दमन, शोषण अन्त्य हुनुपर्छ भन्ने सोच थियो । यही सोचले उनलाई कानुन पढ्न हौस्यायो । र, उनी २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइएल भर्ना भए ।

लिवाङमा पुन अखिल छैठौंमा आवद्ध भइसकेका थिए । दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिकामै रहे । बुर्जुवा शिक्षाको धरातलमा युद्धको खाका कोर्न गोलबद्ध लिबाङको टोली दाङ झर्यो । पुराना अनुहारमा रेखा शर्मा, शक्तिबहादुर बस्नेत पनि जोडिए ।

पुनले २०४८ सालमा प्रथम श्रेणीमा आइएल पास गरे । र, राजनीतिमा होमिए । पूर्णकालीन राजनीति गर्दै २०४९ सालमा नेपाल ल क्याम्पसमा विएल भर्ना भए । नियमित कक्षा नलिए पनि उनले बिएल परीक्षा दिए ।

पुनले न्याय र अन्याय छुट्ट्याउने उत्कृष्ट संकल्प लिएका थिए । तर, समयान्तरमा त्यो संकल्पको सुरु कालो कोट लगाएर होइन बन्दुक उठाएर युद्धमैदानबाट भयो । परिणामतः युद्ध थापिएको दशक बित्दासमेत त्यसका अवशेष ज्यूँदै छन् ।

राजनीति सम्पादन गर्नुहोस्

पञ्चायाती शासन कालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा लागेका पुनले जनयुद्धको बेला पूर्वाञ्चल र राजधानीमा काम गरेका थिए । २०६२/०६३ सालको जनआन्दोलनको बेला उनी तत्कालिन नेकपा माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेता थिए । ०५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणको बेला पुन राजनीतिक कमिसार थिए । माओवादी केन्द्रीय सदस्य कुलप्रसाद केसी सोनाम र पत्नी तारा घर्ती मगर तथा पुन र श्रीमती ओनसरी घर्तिमगर दुई जोडी नै पहिलो चौकी आक्रमणमा सहभागी थिए । वर्षमान पुन पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर जिल्लाको क्षेत्र नम्बर १बाट विजयी भएका थिए । उक्त निर्वाचनमा पुनकी श्रीमती ओनसरी पनि समानुपातिक तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित थिइन् ।

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार वर्षमान पुन रोल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ४१७१४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। [३]उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पूर्ण बुढा मगरले १६४८५मत प्राप्त गरेका थिए।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०५ मिति
  2. "निर्वाचन क्षेत्र अनुसार अग्रस्थानमा रहेका ३ उम्मेदवारहरू", निर्वाचन आयोग, अन्तिम पहुँच २०७० पुस १२ 
  3. "रोल्पा : प्रदेश ५ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५ 
  4. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५