लोथर म्याथियस

जर्मनेली फुटबल प्रबन्धक

लोथर हरबर्ट म्याथियस (जर्मन उच्चारण: [ˈloːtaːɐ̯ maˈtɛːʊs]; जन्म २१ मार्च १९६१) जर्मन फुटबल प्रबन्धक र पुर्व खेलाडी हुन् । कप्तानको तवरमा पश्चिम जर्मनीलाई सन् १९९० फिफा विश्वकपको गरिमामय उपाधि जिताएका म्याथियसले सोही वर्ष युरोपियन वर्ष खेलाडीको उपाधि जितेका थिए । सन् १९९१ मा उनले फिफा वर्ष खेलाडीको उपाधि जिते जुन पुरस्कार हालसम्म पनि कुनै अन्य जर्मन खेलाडीले जित्न सकेका छैनन । उनले कुल पाँचवटा फिफा विश्वकप खेलेका थिए जसमा सन् १९८२, १९८६, १९९०, १९९४ र १९९८ को विश्वकप सामिल छ भने उनले विश्वकपमा कुल २५ खेलमा उपस्थिति जनाएका छन जुन विश्वका अन्य खेलाडीभन्दा बढी हो । उनले सन् १९८०, १९८४, १९८८, २००० को यूइएफए यूरोपियन च्याम्पियनशीपमा सहभागिता जनाएका थिए । सन् १९९९ मा ३८ वर्षको उमेरमा उनलाई पुन जर्मन वर्ष खेलाडीको अलङ्कारबाट सम्मानित गरियो । उनी राष्ट्रिय टिमका लागि १५० उपस्थिति सहित सबभन्दा बढी क्याप जित्ने जर्मन खेलाडी हुन् । म्याथियस पेलेको १२५ जीवित उत्कृष्ट फुटबलरको सुचिमा परेका थिए । डिएगो म्याराडोनाले उनको बारेमा आफ्नो आत्मकथामा लेखेका छन् , "मेरा चिर प्रतिद्वन्दीमध्ये उनी सबभन्दा उत्कृष्ट हुन् । मलाई लाग्छ यति नै उनको परिचयको लागि काफी छ ।"

निपुर्ण र पुर्ण खेलाडी म्याथियस विशेषगरी आफ्ना सटिक पास, सही ट्याकल र जोडदार प्रहारका लागि चिनिन्छन्। बक्स टु बक्स मिडफिल्डमा जम्ने म्याथियसले करियरको अन्त्यतिर स्वीपरको रूपमा पनि खेल्न थालेका थिए ।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन