मुख्य सूची खोल्नुहोस्
रेडियो मिर्मिरे
रेडियो मिर्मिरे
प्रशारण क्षेत्र:नेपाल
आवृति८९.४ मेगाहर्ज
प्रकार:सूचना, मनोरञ्जन
भाषानेपाली
स्वामित्व:मेची-काली संचार प्रा. लि
वेब प्रसारणradiomirmire.com.np/live
वेबसाइटradiomirmire.com.np

परिचयसम्पादन

रेडियो मिर्मिरे एक समाचारमुलक ,सुचना ,शिक्षा र मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।रेडियो मिर्मिरे आवाज विहिनहरूको आवाज भन्ने नाराका साथ २०६४ साल चैत्रमा स्थापना भएको हो। यो एफएम मनोरञ्जनात्मक कार्यक्रमहरू मात्र प्रसारण गर्ने नभई राजनीतिक परिवर्तनहरूको लागि पनि उत्तिकै भूमिका खेल्दै आएको एफएम पनि हो। अग्रगामी परिवर्तनको आवाज बुलन्द गर्ने र परिवर्तनको चेतना वृद्धि गर्ने यो एफएमले लक्ष्य राखेको छ। दैनिक १८ घण्टा प्रशारण हुदै आएको यो एफएमले नेपाली भाषाका साथै नेपाल (नेवारी) भाषा, तामाङ् भाषाका समाचारहरू प्रशारण गर्नुका साथै भोजपुरी, अङ्ग्रेजी लगायतका भाषाका कार्यक्रमहरू पनि प्रशारण गर्दछ। यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको अनामनगरमा रहेको छ ।

फ्रिक्वेन्सीसम्पादन

यसको फ्रिक्वेन्सी ८९.४ मेगाहर्ज हो।

कार्यक्रमसम्पादन

यसले मनोरञ्जनात्मक ,शिक्षामुलक ,सामाजिक ,राजनीतिक ,स्वास्थ्य तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगानासम्पादन

रेडियो मिर्मिरे
अनामनगर, काठमाडौं, नेपाल
टेलिफोन नं :+९७७ १ ४७७१२२८
,+९७७ १ ४७७०५४६ फ्याक्स :+९७७ १ ४७७००५८
पि ओ बक्स : २६१६५
ईमेल:mirmireradionews@gmail.com
,mirmiremarket@gmail.com

वेबसाईटसम्पादन

रेडियो मिर्मिरे