रीमा लागू
भारतीय चलचित्र अभिनेत्री
रीमा लागू (मराठी: रीमा लागु) (जन्म १९५८) भारतीय चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले हिन्दी चलचित्रमा चुनौती पूर्ण आमाको अभिनयमा परिपक्वता प्राप्त गरेकी छिन् । उनले १९७०-१९८० मा उनले हिन्दी र मराठी चलचित्रमा अभिनय गर्न सुरु गरेकी थिइन् । र मराठी अभिनेता विवेकसँग विवाह गरिन् र आफ्नो नाम रीमा राखेकी थिइन् । उनले बलिउड उद्योगमा प्रसिद्ध अभिनेता तथा अभिनेत्रीको आमाको भूमिका निभाएकी छिन् । उनी १९८८ मा आएको चलचित्रमा कयामत से कयामत तकमा जूही चावलाको आमा र १९८९ मा मैने प्यार किया सलमान खानको आमाको अभिनय गरेर प्रसिद्ध भएकी थिइन् । [१]
रीमा लागू | |
---|---|
जन्म | नयन भदभदे २१ जुन १९५८ मुम्बई, महाराष्ट्र, भारत |
मृत्यु | १८ मे २०१७ मुम्बई, भारत | (उमेर ५८)
अन्य नाम | रिमा, रीमा |
पेशा | अभिनेत्री |
कार्यकाल | १९८०-२०१७ |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्रीमा लागूको जन्म सन् १९५८ मा भएको थियो । उनको वास्तविक नाम नयन भदभदे थिइन् ।