रानी पद्मावती

भारतीय रानी (१३ - १४ शताब्दी)
(रानी पद्मिनीबाट अनुप्रेषित)

पद्मावती वा पद्मिनी १३-१४ शताब्दी तिरकी हिन्दु रानी हुन् । उनी सिंहाला राज्यकी राजकुमारी तथा चित्तोर किल्लाका राजपुत शासक रतन सेनकी पत्नी थिइन् । मलिक मुहम्मद जायसीले इसं १५४० तिर लेखेको 'पद्मावत' महाकाव्यमा उनको वर्णन गरिएको पाइन्छ ।

रानी पद्मावती
मेवाडकी रानी
१८ औँ शताब्दी तिरको रानी पद्मावतीको चित्र
१८ औँ शताब्दी तिरको रानी पद्मावतीको चित्र
जन्मसिंहाला राज्य
जीवनसाथीरत्नसिंह (पद्मावत मा उनलाई रतन सेन भनेर उल्लेखित गरिएको)
बाबुराजा गंधर्व सेन
धर्महिन्दु

इतिहास सम्पादन गर्नुहोस्

पद्मावत महाकाव्यमा सम्पादन गर्नुहोस्

पद्मावतीको सिंहाला राज्य (हाल श्रीलङ्का) का राजा गंधर्व सेन छोरी थिइन् ।[१] चित्तोर किल्लाका शासक रतन सेनलाई एउटा बोल्ने सुगाले पद्मावती र उनको सौन्दर्यको बारेमा सुनायो । त्यसपछि रतन सेन पद्मावतीलाई पाउनको लागि समुन्द्र पार गरेर सिंहाला राज्य पुगे । उनले अनेकौँ कठिनाइ पार गरेर भएपनि पद्मावतीलाई विवाह गरेर रानी बनाई आफ्नो राज्य चित्तोर फर्किए । पद्मावतीको सौन्दर्यबाट मोहित भएर उनी माथी नराम्रो दृष्टी लगाएकोकारण रतन सेनले आफ्ना राज पुरोहित राघव चेतनलाई समेत देश निकाला गरिदिए । राघव चेतनले रतन सेनसँग दुश्मनी निकाल्नको लागि दिल्लीका सुल्तान अलाउद्दीन खिल्जीलाई पद्मावतीको सौन्दर्यको बारेमा बताइदिए ।[२] राघव चेतन कुरा सुनेर अलाउद्दीन खिल्जीले पद्मावतीलाई पाउनको लागि चित्तोरमा आक्रमण गरे । त्यही समयमा रतन सेन कुम्बलगढका राजा देवपालसँगको लडाईमा मारीए । तर खिल्जीले चित्तोर कब्जा गर्नु अगाडि नै पद्मावती लगायतका सबै महीलाहरूले आफ्नो सतित्वको रक्षा गर्नको लागि आत्मदाह गरे पद्मावती । अलाउद्दीन खिल्जीले चित्तोर कब्जा गरी मुस्लिम राज्य त बनाए तर पद्मावतीलाई पाउन असफल रहे ।[३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ramya Sreenivasan 2007, पृष्ठ. 27, 35-36.
  2. Ramya Sreenivasan 2007, पृष्ठ 27.
  3. Ramya Sreenivasan 2007, पृष्ठ 27, Quote: "As Jayasi points out, a victorious Alauddin failed in his quest, even as Chitaur became Islam.".

बाह्य कडीहरू सम्पादन गर्नुहोस्