राजेश केसी (सन् १९६७-) फोटोग्राफी र कार्टुन-कलामा समान रूचि राख्छन्।

उनी भारतीय कार्टुनिष्ट आरके लक्ष्मणको इन्दिरा गान्धीसम्बद्ध कार्टुन-शृङ्खला पढेपछि यो विधातिर आकषिर्त भएका हुन्। सानै उमेरमा हुर्किएको विनोदवृत्ति र चित्रकलाको सीपले क्यारिकेचरतिर डोर्याउँदै लगेपछि उनले कान्तिपुर पब्लिकेशन्सबाट व्यावसायिक कार्टुनिष्टको करिअर शुरु गरे। बीचमा उनी सूर्य प्रकाशन, दृष्टि तथा इण्डिपेन्डेन्ट साप्ताहिक र हिमाल पाक्षिकमा पनि सम्बद्ध थिए। अहिले उनी सङ्ख्यात्मक हिसाबले सर्वाधिक पढिने कार्टुनिष्ट मानिन्छन्।

हाल काठमाडौंको सूर्य ट्राभल्समा कार्यरत राजेशले बीए उत्तीर्ण गर्नासाथ पर्यटन क्षेत्रको करिअर रोजेका थिए। त्यसैलाई उनी आफ्नो मूल पेशा मान्छन्। कार्टुन चाहिँ उनको विषय र प्रस्तुतिलाई बढी रुचाइन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्