राजतरङ्गिणी, कल्हणद्वारा रचित एउटा संस्कृत ग्रन्थ हो। 'राजतरङ्गिणी' को शाब्दिक अर्थ हो - राजाहरूको नदी, जसको भावार्थ हो - 'राजाहरूको इतिहास वा समय-प्रवाह'। यो कविताको रूपमा छ। यसमा कश्मीरको इतिहास वर्णित गरिएको छ, जो महाभारत कालबाट आरम्भ भएको हो। यसको रचनाकाल सन ११४७ देखि ११४९ सम्म भनिने गरिएको छ। भारतीय इतिहास-लेखनमा कल्हणको राजतरङ्गिणी पहिलो प्रामाणिक पुस्तक मानिन्छ। यो पुस्तकको अनुसार कश्मीरको नाम "कश्यपमेरु" थियो, जो ब्रह्माको पुत्र ऋषि मरीचिका पुत्र थिए।

The Kashmir region (Kashmir valley is left of the centre of the map - see enlargement)

राजतरङ्गिणीको प्रथम तरङ्गमा बताइएको छ कि सबभन्दा पहिले कश्मीरमा पाण्डवहरूको सबभन्दा कान्छो भाइ सहदेवले राज्यको स्थापना गरेका थिए र त्यो समय कश्मीरमा केवल वैदिक धर्म ही प्रचलित थियो। फेरी सन् २७३ ईसा पूर्व कश्मीरमा बौद्ध धर्मको आगमन भयो।

१९-औं शताब्दीको उत्तरार्धमा औरेल स्टीन (Aurel Stein) ले पण्डित गोविन्द कौलका सहयोगबाट राजतरङ्गिणीको अङ्ग्रेजी अनुवाद गराए।

राजतरङ्गिणी एक निष्पक्ष र निर्भय ऐतिहासिक कृति हो। स्वयम् कल्हणले राजतरङ्गिणीमा भनेका छन् कि एक सच्चा इतिहास लेखकको वाणीलाई न्यायाधीश को समान राग-द्वेष-विनिर्मुक्त हुनुपर्दछ, अनि मात्रै उसको प्रशंसा हुनसक्छ-

श्लाध्यः स: एव गुणवान् रागद्वेषबहिष्कृता।
भूतार्थकथने यस्य स्थेयस्येव सरस्वती॥ (राजतरङ्गिणी, १/७)

संरचना सम्पादन गर्नुहोस्

राजतरङ्गिणीमा आठ तरङ्ग (अर्थात, अध्याय) र संस्कृतमा कुल ७८२६ श्लोक छन्। यो पुस्तकको प्रथम तीन अध्याय कश्मीरको भावी-पिढीदेखि नै आई रहेको मौखिक परम्पराहरूको चित्रण हो। पहिलो तीन अध्याय पनि इतिवृत्तात्मक नै छ। केवल अन्तिम दुई अध्याय कल्हणको व्यक्तिगत जानकारी एवम् ग्रन्थावलोकनमाथि आधारित छन्।

कल्हणको यो पुस्तिकाका तीन घोषित उद्देष्य छन्-

  • (१) पुरानो राजवंशहरूको जानकारी प्रदान गर्नु;
  • (२) पाठकहरूलाई मनोरञ्जित गर्नु,
  • (३)अतीतबाट शिक्षा लिनु।

स्पष्ट छ कि पुस्तकको मूल उद्देश्य इतिहासेतर हो। आश्चर्य छैन, ए॰एल॰ वैशमको टिप्पणी छ, कि कल्हण राजतरङ्गिणीमा तथ्यहरूबाट कम नैतिकतादेखि अधिक सम्बन्धित छ। तर यति कुरा अवश्य भन्न सकिन्छ कि राजतरङ्गिणी भारतीय इतिहास-लेखनको प्रस्थान-बिन्दु हो।

राजाहरूको सूची सम्पादन गर्नुहोस्

राजतरङ्गिणीमा वर्णित कश्मीरका राजाहरूको सूची तल दिइएको छ। कोष्टकमा पहिले 'तरङ्ग सङ्ख्या र फेरी श्लोक सङ्ख्या लेखिएको छ, जस्तै (IV.678) को अर्थ हो तरङ्ग ४ एवम् श्लोक 678 । सारांश जे. सी. दत्तको अनुवादबाट लिइएको छ। राजतरङ्गिणीमा "कलि" संवत एवम् "लौकिक" संवतको प्रयोग गरिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्