रुसी सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन

महाधिवेशनबाट बनेकाे कमिटी

रुसी सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन सन् १९०३ को ३० जुलाईदेखि २३ अगस्टसम्म चालु रहेको थियो। महाधिवेशनका पहिला बैठकहरू ब्रुसेल्समा सम्पन्न भएका थिए। तर पुलिसले खेदो खन्न थालेको हुँदा बैठकहरू लन्डनमा सार्न वाध्य हुनुपरेको थियो। पार्टीका केन्द्रीय निकायहरूमा निर्वाचन हुँदा लेनिनका समर्थकहरूले बहुमत प्राप्त गरे र यसैले गर्दा बोल्सेविक (बहुमतवाला) भनिन थाले। अनि अल्पमतमा परेका अवसरवादी चाहिँ मेन्सेविक (अल्पमतवाला) भन्ने नाउँ पाए।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४७९