रञ्जु झा (वि.सं. २०३४ - वि.सं. २०६९) नेपाली नाट्यकलाकार हुन्। उनी जनकपुरलाई आफ्नो केन्द्र बनाएर कलाकारिता गर्थीन्।

जीवनी सम्पादन गर्नुहोस्

वि.सं. २०३४ फागुन ७मा जनकपुरमा जन्मिएकी रञ्जु वि.सं. ०५६ सालदेखि नाट्य क्षेत्रमा लागिन्। रञ्जुले त्यही साल महेन्द्र मलंगियाको लेखन तथा निर्देशनको 'काठक लोक' नाटकमा अभिनय गरिन्। सो नाटक राष्ट्रिय नाचघरको महोत्सवमा मञ्चन गरिएको थियो। उनी विद्रोह गरिरहेकी थिइन्। स्वाभिमानी थिइन्। दुइटा बच्चालाई श्रीमानको सहयोगबिनै पालिरहेकी थिइन्।

अभिनय सम्पादन गर्नुहोस्

रञ्जु केवल नाटकमा अभिनय गरिरहेकी थिइनन्। उनले अभिनय गरेका नाटकहरूः

  • ओ खाली मुह देखै छी
  • गाम नई सुतैय
  • ओरिजिनल काम
  • छुताहा घैल
  • पुस जाड कि माग जाड
  • विर्जु विल्टु आबाबु
  • प्रेत चाहे असोज

नेपाल प्रज्ञा प्रतिष्ठानबाट ०५७ सालमा उत्कृष्ट कलाकारको पदक पाएकी रञ्जुले दीपक रौनियारद्वारा निर्देशित छोटा फिल्म चौखठ र पूजा, त्यसैगरी, टेलिफिल्मतर्फ मह जोडीको आमा-२, सृष्टि, कालाजारमा आफ्नो सशक्त अभिनय प्रस्तुत गरसिकेकी छन्। उनले बीबीसी नेपाली सेवाको रेडियो नाटक कथा मीठो सारङ्गीकोमा पनि अभिनय गरेकी थिइन्।

निधन सम्पादन गर्नुहोस्

मिथिला प्रदेशको मागका लागि शान्तिपूर्ण आन्दोलनमा ओर्लिएका बेला वि.सं. २०६९मा भएको बम आक्रमणमा उनको निधन भयो। मृत्यु हुने चार र घाइते हुने १७ जनामध्ये रञ्जु एक मात्र महिला हुन्।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्