रक्षा प्रमुख वा चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) भारतको स्थल, जल र वायु सेनाको नेतृत्व गर्ने उच्चतम रक्षा अधिकारी तथा रक्षामन्त्रीका सैन्य सल्लाहकार हुन्। सैन्य मामिला विभाग पनि रक्षा प्रमुखकै मातहतमा हुने गर्छ। वर्तमान समयमा यस पदमा अनिल चौहान पदासिन रहेका छन्।[२] भारतको पहिलो रक्षा प्रमुख विपिन रावत थिए। सन् २०२० मा भारत सरकारले आफ्नो सैन्य संरचनामा परिवर्तन गरी स्थल, जल र वायु सेनाको नेतृत्व गर्ने गरी यस पदको सिर्जना गरेको थियो।[३][४] सन् १९९९ मा पहिलो पटक कारगिल समीक्षा समितिको सिफारिस अनुसार कारगिल युद्धपछि आधिकारिक रूपमा यो पद सिर्जना गर्न सुझाव दिइएको थियो। यद्यपि भारतमा लामो समयसम्म यस विषयमा गरिएको बहसपछि सन् २०१९ अगस्त १५ मा नयाँ दिल्लीमा रहेको लाल किल्ला परिसरबाट भारतीय स्वतन्त्रता दिवसको भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले आधिकारिक रूपमा यो पद निर्माण गर्ने विषयलाई सार्वजनिक गरेका थिए। सन् २०१९ डिसेम्बर २४ मा मन्त्रिपरिषद्को सुरक्षा समितिले औपचारिक रूपमा यो पद सिर्जना गरेको थियो। रक्षा प्रमुखले रक्षा बलको नेतृत्व गर्नुका साथै अन्य भूमिकाहरू समेत निर्वाह गर्छन्।

भारतको रक्षा प्रमुख
रक्षा प्रमुखको मोहर
रक्षा प्रमुखको झण्डा
बहालवाला
जनरल अनिल चौहान
पविसेप, उयुसेप, अविसेप, सेप, विसेप
सन् २०२२ सेप्टेम्बर ३० देखि
एकीकृत रक्षा कर्मचारी
प्रकाररक्षा बल प्रमुख
स्थितिसशस्त्र सेना प्रमुख, उच्च पदस्थ सैन्य अधिकारी
संक्षिप्त नामसिडिएस
सदस्य
प्रतिवेदन पेश प्रधानमन्त्री
रक्षा मन्त्री
निवासनयाँ दिल्ली, भारत
आसनएकीकृत रक्षा मुख्यालय
नियुक्तिकर्तामन्त्रिपरिषद्को नियुक्ति समिति
अवधि३ वर्ष,
वा ६५ वर्षको उमेर सम्म।[१]
गठन१ जनवरी २०२०; ४ वर्ष पहिले (२०२०-०१-01)
प्रथम धारकजनरल विपिन रावत
पविसेप, उयुसेप, अविसेप, युसेप, सेप, विसेप, ऐडिसी
उपएकीकृत रक्षा कर्मचारीको प्रमुख
वेबसाइटआधिकारिक वेबसाइट

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्