युएस बाङ्ला एयरलाइन्स

युएस-बाङ्ला एयरलाइन्स (बङ्गाली: ইউএস-বাংলা এয়ারলাইন্স) बङ्गलादेशको एक निजी विमान सेवा हो जसको प्रधान कार्यलय बङ्गलादेशको राजधानी ढाकामा अवस्थित छ तथा यसको प्रमुख विमानक्षेत्र शाहजलाल अन्तर्राष्ट्रिय विमानक्षेत्र हो।[४][५]

युएस-बाङ्ला एयरलाइन्स
आइएटिए आइसिएओ आह्वान सङ्केत
बिएस टिबिएन युएस-बाङ्ला एयरलाइन्स
स्थापना२०१०[१]
उडान आरम्भ१७ जुलाई २०१४
केन्द्रीय विमानस्थलशाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल
(ढाका)
उडान आकार
गन्तव्यहरू१५
अभिभावक सङ्गठनयुएस-बाङ्ला ग्रुप[२]
प्रधान कार्यालयहरूढाका, बङ्गलादेश[३]
प्रमुख व्यक्ति
  • आब्दुल्लाह आल मामुन (एमडी)
  • दिलरुबा पारभिन (डिएमडी)
वेबसाइटwww.usbair.com/welcome

इतिहास सम्पादन गर्नुहोस्

१७ जुलाई २०१४ मा युएस बाङ्लाले पहिलोपटक घरेलु उडान गरेको थियो।[६] यो विमान सेवा बङ्गलादेश संयुक्त राज्य अमेरिकाको एक समूहको अधिनमा रहेको छ। शुरूवात चरणमा युएस बाङ्लाले चट्टग्राम र जशोरमा ढाका केन्द्रस्थलबाट दुई आन्तरिक उडान भरेको थियो।[७] कक्सबाजार देखि ढाका सम्मको उडान अगष्टबाट सञ्चालनमा ल्याइएको थियो भने अक्टोबरमा यस विमान सेवाले सैयदपुरमा उडान भरेको थियो। [८]

सन् २०१६ मा यस विमान सेवाले बोइङ ७३७-८०० जहाजहरू ल्याउने घोषणा गरेको थियो र सोही वर्ष यसले अन्तर्राष्ट्रिय क्षेत्रहरू सिङ्गापुर र दुबईमा पनि उडान भरेको थियो। [९] यस विमान सेवाले ३१ मार्च २०१९ मा ढाका देखि चट्टग्राम हुँदै चेन्नाईको उडान क्षेत्र पनि विस्तार गर्दै दक्षिण भारतमा उडान गर्ने पहिलो विमान सेवा बनेको थियो।[१०]

प्रधान कार्यलयहरू सम्पादन गर्नुहोस्

यसको मुख्यालय ढाकाको बारिधारामा रहेको छ भने यसको भारत कार्यालय कलकत्ताको बाउबाजारमा छ। यसको विमान सेवाकन्ह संयुक्त राज्य अमेरिकाको कार्यालयहरू न्यूयोर्कको क्वीन्स, ज्याक्सन हाइट्सको बङ्गलादेश प्लाजामा छन्। यसको क्यानडा कार्यालयहरू पूर्वी योर्क, टोरन्टोमा छन्। यसको थाइल्याणको कार्यालय बेङ्ककमा रहेको छ।[११]

गन्तव्यहरू सम्पादन गर्नुहोस्

सन् १०१८ मार्च सम्म युएस बाङ्ला एयरलाइन्सले निम्न घरेलु र अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रधान गरेको थियो। एयरलाइन्सले दुबई-अन्तर्राष्ट्रिय र दम्ममको लागि छिट्टै उडान शुरू गर्ने घोषणा गरेको थियो।

देश सहर विमानस्थल टिप्पणी
  बङ्गलादेश ढाका शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल ढाँचा:Airline hub
चट्टग्राम शाह आमानत अन्तर्राष्ट्रिय विमानस्थल
कक्सबाजार कक्सबाजार विमानस्थल
सैयदपुर सैयदपुर विमानस्थल
जशोर जशोर विमानस्थल
सिलेट असमानी अन्तर्राष्ट्रिय विमानस्थल
बरिशाल बरिशाल विमानस्थल
राजशाही शाह मखदुम विमानस्थल
  चीन कुयाङ्चौ कुयाङ्चौ अन्तर्राष्ट्रिय विमानस्थल [१२]
  भारत कलकत्ता नेताजी सुभासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल
  मलेसिया क्वालालम्पुर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल
  नेपाल काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल —स्थगित
  ओमान मस्कट मस्कट अन्तर्राष्ट्रिय विमानस्थल
  कतार दोहा हामाद अन्तर्राष्ट्रिय विमानस्थल
  सिङ्गापुर सिङ्गापुर सिङ्गापुर चाङ्गी विमानस्थल
  थाइल्याण्ड बेङ्कक सुवर्णभूमी विमानस्थल

घटना तथा दुर्घटना सम्पादन गर्नुहोस्

 
युएस-बाङ्ला विमानसेवा फ्लाइट २११

१- युएस-बाङ्ला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौँ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए। दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको थियो।[१३] मृत्युहुनेहरूमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक रहेका छन्। दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भएको थियो।[१४]

२- २६ सेप्टेम्बर २०१८ मा कक्सबाजारबाट हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कोक्स बजार बीएस -१ उडानमा आपतकालिन अवतरण भएको थियो तर उत्र्न नसक्ने अवस्थामा चट्टग्रामको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "US-Bangla Airlines Fleet Details and History", www.planespotters.net (अङ्ग्रेजीमा)। 
  2. "हाम्रो बारेमा", युएस बाङ्ला एयरलाइन्स, १ फेब्रुअरी २०१४। 
  3. "Contact Us", US-Bangla Airlines, १ फेब्रुअरी २०१४। 
  4. "US-Bangla Airlines takes to the skies", The Daily Star, १७ जुलाई २०१४, अन्तिम पहुँच १५ अगस्ट २०१४ 
  5. "US-Bangla airlines adds its 10th aircraft", The Independent BD, २०१९-१०-२०।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२० मिति
  6. "US-Bangla launched Dhaka-Saidpur flights from Oct 2", The Independent, २७ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१४ मिति
  7. "US-Bangla to procure 4 aircraft", The Independent (Dhaka), BSS, अन्तिम पहुँच १७ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०१६ मिति
  8. "দেশের প্রথম কোনো সংস্থা হিসেবে ইউএস-বাংলা চীনে যাচ্ছে", Prothom Alo (बङ्गालीमा), २०१९-०३-२०। 
  9. "US-Bangla Airlines offers Dhaka-Chennai direct flight", The Daily Star, २०१९-०३-२०। 
  10. "ইউএস-বাংলায় যুক্ত হলো দশম এয়ারক্রাফট", Prothom Alo (बङ्गालीमा), २०१९-१०-२०। 
  11. सम्पर्कमा रहनुहोस् वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-११ मिति
  12. https://www.routesonline.com/news/38/airlineroute/278061/us-bangla-airlines-revises-guangzhou-launch-to-late-april-2018/
  13. सुरी, मन्दिभ; पोखरेल, सुगम (१२ मार्च २०१८), "काठमाडौँमा विमान दुर्घटनामा परि ५१ यात्रुको मृत्यु", सिएनएन, अन्तिम पहुँच १२ मार्च २०१८ 
  14. "युएस बङ्गला विमान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना", द काठमाडौँ पोष्ट (इ कान्तिपुर), १२ मार्च २०१८, अन्तिम पहुँच १२ मार्च २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्