यज्ञराज सुनुवार (Eng: Yagnyaraj Sunuwar)को जन्म वि.स.२०२९ साल कात्तिक ३ गते ओखलढुङ्गाको श्रीचौर २ लिस्पुमा भएको हो । उहाँका बुबाको नाम मानबहादुर सुनुवार र आमाको नाम मनमाया सुनुवार हो । उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।

यज्ञराज सुनुवार
जन्मवि.स.२०२९ साल कात्तिक ३ गते
ओखलढुङ्गा
वासस्थानलिस्पु
राष्ट्रियता नेपाल
मातृ शिक्षाप्रतिष्ठानरत्नराज्यलक्ष्मी क्याम्पस, महेन्द्र रत्न कलेज, त्रिवि (राजनीति शास्त्रमा स्नातकोत्तर)
पेशासभासद (राजनीति)
कार्यकाल२०४५
राजनीतिक दलनेकपा एमाले
धर्मकिराँती, हिन्दू
वेबसाइटयज्ञराज सुनुवार

सुनुवारले २०४५ सालदेखि अनेरस्ववियुबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त बाम मोर्चा, ओखलढुङ्गाको ईलाका सचिव हुनुहुन्थ्यो । २०५३ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंमा स्ववियू सभापति रहेका सुनुवार २०५७ सालमा महेन्द्र रत्न कलेज, तहचलको पनि स्ववियू सभापति हुनुभयो । २०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषदको सभाषद रहेका सुनुवार २०५८ देखि २०६० सालसम्म स्ववियू काउन्सिलको पनि संयोजक हुनुहुन्थ्यो । २०६१ माघ १९ मा काठमाडौंमा तत्कालिन राजा ज्ञानेन्द्रको कदमको बिरोध गर्दा पक्राउ परेका सुनुवार २०६२ साल बैशाखमा रिहा हुनुभएको थियो । हाल उहाँ नेकपा एमाले, ओखलढुङ्गाका अध्यक्ष हुनुहुन्छ । २०६४ सालको संविधानसभा निर्वाचनमा यहि क्षेत्राट चुनाव लडेका सुनुवार पराजित हुनुभएको थियो । यस क्षेत्रमा तत्कालिन नेकपा माओवादीका उम्मेद्वार विजयी भएका थिए । नेकपा एमाले तेश्रो भएको थियो । त्यसपछि संविधानसभा निर्वाचन २०७० मा निर्वाचन क्षेत्र: ओखलढुङ्गा-१,बाट १२९४३ मत प्राप्त गरी विजयी हुनु भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

संविधानसभा निर्वाचन २०७० विजयी उम्मेद्वारहरू