यज्ञराज उपाध्याय
यज्ञराज उपाध्यायको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्ला को साँफेबगर नगरपालिका वाड नं. २, गोयलपानीमा बि. सं. २०२३ साल असार १८ गतेमा भएको हो ।[१] नेपाली गीत संगित तथा भाषा, साहित्यका सौखिन उपाध्याय सुदूरपश्चिममा लोकप्रिय छन् ।
बाल्यकाल सम्पादन गर्नुहोस्
सांगीतिक तथा सांस्कृतिक यात्रा सम्पादन गर्नुहोस्
वि. सं. २०३४ साल देखि जील्ला स्तरीय कार्यक्रममा सहभागी हुँदै लोक गायन, गीत, कविताको यात्रा शुरू गरेका थिए।
देउडा गायन क्षेत्र प्रारम्भ सम्पादन गर्नुहोस्
उपाध्यायको लोकप्रिय राइझुमा बोलको गीतको पहिलो गीतिसङ्ग्रह बि. सं. २०५० सालमा रेकर्ड गराएका थिए । त्यसको भाग २ बि. सं. २०६२ सालमा निकालेका थिए । दोस्रो भागमा राइझुमा को युगल गायनमा उनलाई गायिका कोमल ओलीले साथ दिएकी थिइन्। केहि गीतमा प्रयोग भएका अन्तराहरु
- ‘झल्का लगाई चोली मात्रै आँशुले रुझाउन्या कोही छैन जीवनको साथी हृदय बुझाउन्या….’
- ‘तराईका चारकोसे झाडी न्याउली बासला कि दुःखीको विरही दिल कैल्यै हाँसला कि ….’
- ‘फूलफूली पर्इरनुभर्इन माथि हिमालैमा हात नपुछी दाग बसिग राता रुमालैमा… ’
देउडा गीति एल्बमहरु सम्पादन गर्नुहोस्
- यज्ञराज उपाध्यायको गाईजात्रा प्यारोडी - वि. सं. २०४४
- यज्ञराज उपाध्यायको गाईजात्रा प्यारोडी - वि. सं. २०४५
- साथीभाई - वि. सं. २०५०
- राईझुमा(भाग १)- वि. सं. २०५१
- नासो - वि. सं. २०५२
- सुनघाभा वि. सं. २०५३
- चुँदरी - वि. सं. २०५४
- रानीवन - वि. सं. २०५५
- विहानीको पाना - वि. सं. २०५५
- आकासकी तारा - वि. सं. २०५६
- बाज मेरी - वि. सं. २०५९
- राइझुमा(भाग २)- वि. सं. २०६१
कृतिहरू सम्पादन गर्नुहोस्
- काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति - बि. सं. २०८०[२]
पुरुस्कार तथा सम्मान सम्पादन गर्नुहोस्
- राष्ट्रिय प्रतिभा पुरस्कार - बि. सं. २०५२
- परिमय स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार - बि. सं. २०७४
- प्रवल जनसेवाश्री - बि. सं. २०७९[३]