मुख्य सूची खोल्नुहोस्

म्यानुअल न्युएर (जन्म २७ मार्च १९८६) जर्मन फुटबलर हुन् । उनी बायर्न म्युनिखका गोलरक्षक हुन् । स्वीपर रक्षक को छवी बनाएका न्युएर आफ्नो उत्कृष्ट गोलरक्षण र बलमाथी द्रुत प्रतिक्रिया जनाउन खप्पिस मानिन्छन् ।[१][२][३]

म्यानुअल न्युएर
20180602 FIFA Friendly Match Austria vs. Germany Manuel Neuer 850 0723.jpg
न्युएर २०१८ मा
व्यक्तिगत विवरण
पुरा नाम म्यानुअल पिटर न्युएर
जन्म मिति

{{birth

Date and age|1986|3|27}}
उचाई १.९३ मी
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब बायर्न म्युनिख
नम्बर
युवा क्लब
१९९१-२००५ साल्के ०४
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००४-२००६ साल्के ०४ बी २९ (०)
२००६-२०११ साल्के ०४ १५६ (०)
२०११- बायर्न म्युनिख २१६ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

क्लब जीवनसम्पादन

जर्मनीको गेल्सेनकीर्चनमा जन्मिएका न्युएरले साल्के ०४ को युवा टोलीबाट ५ बर्षको कलिलो उमेरदेखि नै खेल्न थालेका थिए । १९ अगष्ट २००६ मा उनले बुन्डेस लिगामा डेब्यु गरे । उनलाई फ्रयाङ्क रोष्टलाई उछिन्दै साल्के ०४ को नियमित गोलकिपर बन्न समय लागेन । १ जुन २०११ मा साल्के बाट न्युएरलाई बायर्न म्युनिखमा स्थानान्तरण गरियो । न्युएरले बायर्नसँग €१८ मिलियनमा गरेको नयाँ करार ५ बर्षको लागि थियो । उनी २०१६ सम्म बायर्नमा रहने छन् ।

अन्तराष्ट्रिय जीवनसम्पादन

न्युएरले दुई विश्वकप(२०१० र २०१४) र युरो २०१२ गरी तीन प्रमुख प्रतियोगितामा राष्ट्रिय टोलीको झण्डा फहराएका छन् । २०१४ फिफा विश्वकपमा न्युएरले विश्वस्तरिय गोल रक्षण गरेका थिए र पुरा प्रतियोगिताभरी विपक्षीलाई ४ गोल मात्र गर्न दिए । जर्मनीले विश्वकप ट्रफी उचाल्दा उनी प्रमुख सदस्य थिए।

व्यक्तिगत जीवनसम्पादन

उनी पुर्व जर्मन गोलकिपर जेन्स लेहमानलाई आफ्नो आइडल मान्छन् । नयर क्याथोलिक हुन् । क्याथरिन गिल्चसँगको उनको सम्बन्ध २०१४ मा तोडिएको थियो ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Manuel Neuer", ESPN FC, अन्तिम पहुँच ११ जुलाई २०१४ 
  2. Early, Ken (८ जुलाई २०१४), "Manuel Neuer cleans up by being more than a sweeper", Irish Times, अन्तिम पहुँच ११ जुलाई २०१४ 
  3. Dawson, Alan (९ जुलाई २०१४), "Michael Owen: Manuel Neuer is best in his position", HITC Sport, अन्तिम पहुँच ११ जुलाई २०१४ 

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन