म्याग्ना कार्टा

१२१५ मा रचिएको अधिकारको पत्र

म्याग्ना कार्टा (Magna Carta) वा म्याग्ना कार्टा लिबरट्याटम् (Great Charter of Freedoms वा स्वतन्त्रताको महान चार्टर) इङ्ल्यान्डको एक कानुनी परिपत्र हो जुन सबैभन्दा पहिले सन् १२१५ मा जारी भएको थियो। यो ल्याटिन भाषामा लेखिएको थियो।

म्याग्ना कार्टा
Magna Carta (British Library Cotton MS Augustus II.106).jpg
Cotton MS. Augustus II. 106, one of only four surviving exemplifications of the 1215 text
निर्माण मिति१२१५; ८०५ वर्ष अघि (१२१५)
पाइने ठाउँब्रिटिस लाइब्रेरीमा २ वटा; लिङ्कन क्यासलमा एउटा र स्यालिसबेरी क्याथेड्रलमा एउटा
लेखक(हरू)
उद्देश्यशान्ति सन्धि

म्याग्ना कार्टामा इङ्ल्यान्डका राजा जोनले सामन्तहरूलाई (nobles and barons) केही अधिकार दिए; केहि कानुनी प्रक्रियाको पालना गर्ने वचन दिए; र उनको इच्छा कानुनको सिमाले बाधिने स्वीकार गरे। म्याग्ना कार्टाले राजाको प्रजाको केहि अधिकार रक्षाको स्पष्ट रूपमा पुष्टि गर्यो, जसमा बन्दी प्रत्यक्षीकरण रिट (habeas corpus) उल्लेखनीय छ।

चार्टरको महत्त्व यस तथ्यमा निहित छ कि प्रत्येक पिढी यसको वैधानिक व्याख्या गरेर यो सिद्धान्तमा जोड दिन्थे कि राजाले पनि कानुनको सम्मान गर्न पर्छ। यो सामन्तहरू र सर्वसाधारण जनता दुवैलाई वैधानिकताको प्रतीक बन्यो तथा ब्रिटिश वैधानिक अधिनियमनको श्रीगणेश पनि यहींबाट भएको मानिन्छ।

परिचयसम्पादन

म्याग्ना कार्टा (सन् १२१५ ई0) म्यागना कार्टा अथवा महान्-परिपत्र १५ जून १२१५ मा, टेम्स नदीको किनार स्थित रनीमीड स्थानमा राजा जोनले इङ्ल्यान्डको सामन्तहरूलाई प्रदान गरेका थिए। ह्यालमको शब्दमा, यो कालान्तरमा इङ्लिस स्वतन्त्रताको प्रधान आधार बन्यो,यद्यपि यसको रचयिता, जनस्वातंत्र्य उद्देश्यबाट अनुप्रेरित थिएन। उनीहरू आफ्नो अधिकारको प्रतिपादनमा लागेका थिए। सामन्त (ब्यारन), जो यसको रचनामा संलग्न थिए, इसकी स्वाभावत: आफ्नो स्थिति सुरक्षित गर्दै थिए । उनीहरूलाई दोश्रो वर्गको स्वार्थमा कुनै वास्ता थिएन। त्यसैले चार्टर, राजा र ब्यारनको बिच भएको एक सम्झौता थियो, जुन सामन्तवादी प्रथामा आधारित थियो। चार्टरको दुई तिहाई धारा सामन्तहरूको कष्टको शुचि थियो। तर रचयिताहरूले परिपत्र द्वारा आफ्नो मागको अतिरिक्त सबै वर्गहरूलाई सन्तुष्ट गर्नको लागि प्रशासकीय सुधारहरू पनि समाहित गरेका थिए। चार्टरको उपयोगिता समाप्त भएपछि पनि , यसका धाराहरू सम्मनको दृष्टिले निकै समयसम्म हेरियो।

ऐतिहासिक कारणसम्पादन

चार्टर, राजा जोनद्वारा ब्यारन तथा सामन्तहरूमाथि वर्षौ सम्म लादिएको अन्यायपूर्ण कर र अत्याचारको परिणाम थियो। पोपसँग संघर्ष गरेपछि, जोनले पादरीहरूसँग पनि अत्याचारपूर्ण व्यवहार त्यहीँ मात्रामा जारी राखे। वस्तुत: राजाले समस्त जनताको प्रति एक नृशंसताको नीति अपनाए। फलत: राष्ट्रिय विद्रोहको भावना जागृत हुन थाल्यो। ब्यारन-सामन्त विद्रोहको प्रथम लक्षण १२१२ ई. मा परिलक्षित भयो किंतु वास्तविक अशान्ति त्यस समय फैलियो जब आर्कबिशप स्टेफनको नेतृत्वमा ब्यारनहरूले लण्डनमा सेन्ट पालको गोष्ठीमा आफूले भोगेका कष्टहरूमाथि छलफल गरे र हेनरी प्रथमद्वारा स्वीकृत चार्टरको आधारमा आफ्नो माग राखे। १२१४ मा फ्रान्सले राजा जोनलाई पराजित गरी शान्ति को लागि बाध्य बनाए। इङ्ल्यान्डमा फिर्ता आउँदा ब्यारनहरूको एक संघले आफ्नो मागको शुचि राजाको सामु प्र्मेश गर्यो। जोनले प्रस्ताव स्थापित गर्नको लागि झुटो प्रतिज्ञा गरे र यस बिच युद्धको तयारी सुरु गरे। विदेशबाट भाडाको सेना मगाए तथा चर्चलाई आफ्नो तर्फ मिलाउने प्रयास गरे। तर ब्यारनहरू शक्तिशाली भए। ब्यारनहरूको विद्रोहलाई सर्वसाधारण जनताले अधिक समर्थन र सहयोग गरे किनकि राजा जोनको विदेशी युद्ध तथा आंतरिक दमननीतिले आन्तरिक स्थितिलाई असह्य बनाइदिएको थियो। शक्तिसँग सामना गर्न असमर्थ भएर राजा जोन चार्टरमा हस्ताक्षर गर्न बाध्य भए।

चार्टरका धाराहरूसम्पादन

परिणाम र प्रभावसम्पादन

हस्ताक्षर गरे पछि चार्टर को प्रतिहरू प्रत्येक सामन्त एवं पादरीहरूको प्रदेश मा वर्षमा दुई पटक उच्च स्वरमा सार्वजनिक घोषणा कि लागि पठाइयो। राजा जोनले यद्यपि हस्ताक्षर गरे पनि , कार्यान्वित गर्न आपति प्रकट गरे। उनले पोपलाई एक विशेष पोपादेश द्वारा यस चार्टरलाई अवैध सिद्ध गर्न अनुरोध गरे। भाडाको सैनिक एकत्रित गरेर ब्यारन हरू विरुद्ध युद्ध को घोषणा गरे। एक वर्ष सम्म गृहयुद्ध चल्यो र १२१६ ई.मा जोनको मृत्यु भएपछि गृहयुद्ध बन्द भयो। राजा जोनको मृत्यु पछि , चार्टरको अन्तर्कालीन धाराहरू हटाएर, पुनर्घोषित गरियो। १२२५ ई. मा केहि परिवर्तन उपरान्त चार्टर को फेरि घोषणा भयो। एडवर्ड षष्टम् सम्म प्रत्येक माध्यमिक युगका शासक ले चार्टर लाई वैध बताए।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य सूत्रहरूसम्पादन