मुहामद शहाफिक बिन घानी

मुहामद शहाफिक बिन घानी (जन्म: १७ मार्च १९९२) एक सिङ्गापुरका अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् जसले सिङ्गापुर राष्ट्रिय फुटबल टोली र सिङ्गापुर प्रिमियर लिगमा हुगाङ युनाइटेडका लागि आक्रमक मध्यपङ्क्तिको रूपमा मैदान उत्रिने गर्दछन्।

शाहाफिक घानी
सन् २०१३ मा घानी
व्यक्तिगत जानकारी
पुरा नाम मुहामद शाहाफिक घानी[१]
जन्म मिति (1992-03-17) १७ मार्च १९९२ (उमेर ३२)
जन्म स्थान सिङ्गापुर
उचाइ १.७५ मी (५ फिट ९ इन्च)
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति, आक्रमक मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
हुगाङ युनाइटेड
सङ्ख्या १४
युवा करियर
२००५–२०१० सिङ्गापुर राष्ट्रिय फुटबल प्रशिक्षण केन्द्र
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१२ योङ लायन्स ३७ (७)
२०१३–२०१४ लायन्स ११ २२ (५)
२०१५ योङ लायन्स २२ (४)
२०१६–२०१७ गेल्याङ एससी २१ (३)
२०१८– हुगाङ युनाइटेड १७ (४)
अन्तर्राष्ट्रिय करियर
२०१०– सिङ्गापुर १५ (३)
२०१२– सिङ्गापुर १४ (२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ३० डिसेम्बर २०१७
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:२३, २५ नोभेम्बर २०१६

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

योङ लायन्स सम्पादन गर्नुहोस्

शहाफिकले सन् २०१० मा सिङ्गापुर प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने एक क्लब योङ लायन्स आवद्ध भएका थिए भने सन् २०१० देखि सन् २०१२ सम्म ३७ खेलहरूमा उनले उक्त क्लबका लागि कुल ७ गोल गर्न सफल भएका थिए।

लायन्स एक्सआइआई सम्पादन गर्नुहोस्

सन् २०१३ मा शाहफिकलाई लायन्स १२ फुटबल क्लबले आउँदो फुटबल प्रतियोगिताहरूमा खेल्नका लागि छनोट गरेको थियो।[२] सन् २०१३ मलेसिया प्रिमियर लिगको खेलहरूमा उनले ५ गोल गर्नुका साथै ठूलो योगदान थिए जसका कारण उक्त संस्करणको मलेसिया प्रिमियर लिग लायन्स १२ फुटबल क्लबले हात पार्न सफल भएको थियो। २४ अगस्ट २०१३ मा मलेसिया कपको एक खेलमा सारावाकले मुमरलाई थप्पड लागाएका कारण उनलाई बर्खास्त गरेकोमा उनले मुख्य प्रशिक्षक भि सुन्दरमूर्तिको आलोचना गरिएको थियो।[३][४]

घाँटी पछाडि चोट लागेका कारण सन् २०१४ को संस्करणका लागि शहाफिक खेलबाट बञ्चित हुने खतरामा पारेको थिए।[५] उनले पहाङ विरुद्ध च्यारिटी कपको खेल र डिआरबी-हिकमको विरुद्धमा मलेसिया एफए कपको खेल खेल्न असमर्थ बने। २५ जनवरीमा सेलाङ्गोरको विरुद्धको खेलमा उनी ७४औँ मिनेट खेल सकिएपछि अतिरिक्त खेलाडीको रूपमा मैदान उत्रिएका थिए। कुलमा उनले सन् २०१४ को संस्करणमा मात्र ७७ मिनेट खेल खेलेका थिए। दुई वर्ष उक्त क्लबका लागि खेल खेलेका घानीले ३१ उपस्थितिमा ६ गोल गर्न सफल भएका थिए।[६]

योङ लायन्समा फिर्ता सम्पादन गर्नुहोस्

सन् २०१५ मा उनी पुनः योङ लायन्स फुटबल क्लबमा फर्किएका थिए भने २२ लिग उपस्थिति जनाएका घानीले उक्त क्लबका लागि मात्र ५ गोल गरेका थिए। [७]

गेल्याङ अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

सन् २०१६ को सिङ्गापुर प्रिमियर लिगको संस्करणका लागि शहाफिकले गेल्याङ इन्टरनेसनल फुटबल क्लबका लागि दुई वर्षका लागि उक्त क्लबमा आवद्ध भएको घोषणा गरिएको थियो तर उक्त संस्करण शुरू हुन भन्दा केही महिना अगाडि प्रशिक्षण लिने क्रममाउनको हड्डी जोड्ने तन्तु च्यात्तिएको थियो जसका कारण उनी ६ महिनाका लागि आरम गर्न सल्लाह दिइएको थियो जसका कारण उनले उक्त संस्करण अन्तर्गत लगभग सबै खेलहरू खेल्नबाट बञ्चित बने।[८] जुलाई २०१६ मा उनी पूर्ण रूपमा निको भई अचानक खेलमा पर्किएका थिए जसका कारण उनले अन्य लिग चरणका खेलहरू पनि खेलेका थिए। चोटपटकबाट मुक्त भएपछि कम्बोडिया राष्ट्रिय फुटबल टोली विरुद्ध एक मैत्रीपूर्ण खेलमा क्लबको लागि गोल गर्दै र लिग खेलमा यस क्लबले बाल्स्टियर खालसालाई २-१ गोल अन्तरले हराउन सफल भएको थियो भने उनलाई राष्ट्रिय टोलीबाट पनि एएफएफ च्याम्पियनसिपमा खेल्नका लागि छनोट गरिएको थियो।[९] घानीले सन् २०१७ को सिङ्गापुर प्रिमियर लिगको एक खेलमा ब्रुनाई डिपिएमएम एफसीको विरुद्धमा पहिलो गोल गरेका थिए भने उक्त खेल गेल्याङ एफसीले २-० गोल अन्तरले जित्न सफल भएको थियो। [१०]

हुगाङ युनाइटेड सम्पादन गर्नुहोस्

मलेसिया युकेएम एफसीमा सम्मिलित हुने अफवाह पछि शहाफिकले सन् २०१८ मा हुगाङ युनाइटेडका लागि हस्ताक्षर गरेका थिए।

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

सन् २०१३ मा आयोजित दक्षिणपूर्वश्र एसियन गेम्समा घानीले सिङ्गापुर २३ वर्ष मुनिको फुटबल टोलीको प्रतिनिधित्व गर्दै खेलहरूमा भाग लिएका थिए जहाँ सिङ्गापुरले कास्य पदक जित्न सफल भएको थियो। [११]

१५ अगष्ट २०१२ मा आयोजित हङकङ र सिङ्गापुर बीचको मैत्रीपूर्ण खेलमा घानीले सिङ्गापुर राष्ट्रिय फुटबल टोलीबाट पर्दापण गरेकन थिए।[१२] सन् २०१३ चीन विरुद्ध सिङ्गापुरको मैत्रिपूर्ण खेलमा घानीले सिङ्गापुर राष्ट्रिय फुटबल टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "FAS names 2014 LionsXII squad list", Football Association of Singapore, अन्तिम पहुँच ८ मार्च २०१४  वेब्याक मेसिन अभिलेखिकरण २७ अगस्ट २०१८ मिति
  2. "Shahfiq let the team down: LionsXII coach Sundram", Today, २५ अगस्ट २०१३। 
  3. "LionsXII 2013 unveiled", LionsXII official website, अन्तिम पहुँच ८ मार्च २०१४  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  4. http://lionsxii.sg/wp-content/uploads/2013/12/LionsXII_Team_2013.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  5. "MSL: Another blow for Fandi as Shahfiq injures spine", The New Paper, ६ जनवरी २०१४।  वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०१५ मिति
  6. "The Forgotten Man: Shahfiq Ghani determined to win back fans’ hearts", FourFourTwo (en-SGमा), २०१६-१०-२४, अन्तिम पहुँच २०१७-०४-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२१ मिति
  7. "Shahfiq out for 6 months with knee injury", TODAYonline (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०४-२१ 
  8. "Geylang come up short", The New Paper (अङ्ग्रेजीमा), २०१६-१०-२६, अन्तिम पहुँच २०१७-०४-२१ 
  9. "Sundram names final 23-man AFF Suzuki Cup squad", FourFourTwo (en-SGमा), २०१६-११-१८, अन्तिम पहुँच २०१७-०४-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२१ मिति
  10. "Geylang International vs. Brunei DPMM - Football Match Report - April 20, 2017 - ESPN", ESPNFC.com, अन्तिम पहुँच २०१७-०४-२१ 
  11. "Football: Singapore beat Hong Kong 2–0 for first win in 9 matches" 
  12. "China PR 6 - 1 Singapore Match report - 9/6/13 Friendlies - Goal.com", www.goal.com (en-sgमा), अन्तिम पहुँच २०१७-०४-२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्